२४ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

सदनमा सांसदले भनेका कुरा लागु हुँदैनन् :अध्यक्ष डा.राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदमा सांसदहरुले बोलेका कुराको ‌कुनै ‌औचित्य नरहने गरेको गुनासो गरेका छन् । आज काठमाडौंमा आयोजित चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष डा. राउतले संसदीय व्यवस्था भनिए पनि सांसदहरुको आवाज नै नसुनिएको बताए । ठूला नेताले भने जे बोले पनि त्यही हुने गरेको उनको भनाइ छ । ‘भन्नलाई संसदीय […]

ढल्केबर । इजरायलमा हमास समूहको आक्रमणबाट निधन भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २२ वर्षीय आनन्द साहको घरमा आफन्तको अवस्था अझै विक्षिप्त छ । पूरा परिवार अझै शोकमा छन् । आनन्दको शव पर्खिँदै दाहसंस्कार गर्ने पर्खाइमा उहाँहरु हुनुहुन्छ । इजरायलमा असोज २० गते हमास समूहको आतङ्ककारी हमलामा परी आनन्दको मृत्यु भएको थियो । मृत्युको खबर सुनेसँगै […]

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुन एक घण्टाका लागि मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् । मन्त्री महेश प्रसाद यादवले बुधवार खातुनलाई खादा ओढाएर सम्मान गर्दै एक घण्टाका लागि आफ्नो पद हस्तान्तरण गरे । खातुन बिहान ८ बजेदेखि ९ बजेसम्म मन्त्री पद सम्हालिन् । अन्तर्राष्ट्रिय बालिका दिवस अन्तर्गत समानताको […]

जनकपुरधाम । धनुषामा भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको निर्माण कार्य अधुरो हुँदा उक्त विद्यालयहरूले थप कार्यक्रम पाउन सकेका छैन । धनुषा जिल्लाको नगराइन नगरपालिकास्थित भारतीय लगानीमा निर्माण हुन थालेको छ वटा सामुदायिक विद्यालयको भवन १२ वर्ष बित्दा पनि सम्पन्न हुन नसकेपछि विद्यालयमा आवश्यक थप शैक्षिक कार्यक्रम ल्याउन नसकिएको हो । पालिकाको ६ वटा […]

दिपेन्द्र कुमार यादव ,११ कार्तिक सिरहा : जनमत पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत (चन्द्रकान्त राउत ) सिरहाको कल्याणपुर नगरपालिका चिकना बजार आउदै छ। आउदो कार्तिक १९ गते जनमत पार्टी सिरहाको आयोजनामा हुने पार्टी प्रबेश तथा आम सभा कार्यक्रमको सम्बोधन गर्न डा.राउत चिकना बजार आउन लागेको कल्याणपुर नगरपालिका नगर अध्यक्ष रबिन्द्र ठाकुरले जानकारी दिए। पार्टी […]

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशंका गरिएका विपीन जोशीको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ । परराष्ट्रले जोशीसहित अरु देशका बेपत्ता नागरिकहरूको पनि सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको हो । गएको असोज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता छन् । परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल […]

जनकपुरधाम ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साहले विकासको नाममा दलगत स्वार्थभन्दा माथी उठ्न आग्रह गरेकी छन् । कपिलेश्वरनाथ युवा कमिटीले विजयदशमी, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले दलगत स्वार्थभन्दा माथी उठेर काम नगरेसम्म विकास असम्भव रहेको बताए । उनले देश विकासका लागि दलहरु बिच मात्रै […]

जनकपुरधाम ।नोचपुर टोलमा एक युवती सडकमा हिँड्दै गर्दा एक युवकले उनलाई यौन दुर्व्यवहारको प्रयास गरे। युवती बेस्सरी चिच्याइन्।आसपासका घरबाट मान्छेहरू आए र युवतीको कुरा सुनेर दुर्व्यवहार गर्ने युवकमाथि मुक्का बर्साए। त्यसपछि टोलवासीहरूले ती युवकलाई कानुनी कारबाही निम्ति प्रहरीको जिम्मा लगाइदिने कुरा गरे। त्यही क्रममा युवकले युवतीको छोटो लुगा देखेर जिस्क्याएको बताए। यस्तो जवाफ सुनेर टोलवासीले […]