२४ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

प्रभु साहको श्रीमती रिनाकुमारीले नगरप्रमुखको पद गुमाए

जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको श्रीमती रिनाकुमारीले रौतहटको मौलापुर नगरपालिकाको नगर प्रमुखको पद गुमाएको छ। नेकपा एमालेबाट उनी नगरप्रमुखमा निर्वाचित भएका थिए।उनी एमाले छाडेपछि नगरप्रमुखको पद रिक्त भएको हो। निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको […]

राजविराज ।जनता समाजवादी पार्टी नेपालका सप्तरी जिल्लाका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य माधुरी साहसहित विभिन्न पार्टी परित्याग गर्दै सयौं जना जनमत प्रवेश गरेका छ्न। सोमबार राजविराजमा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा जसपा सप्तरीका पुर्व जिल्ला अध्यक्ष साह र नेपाली प्रहरीका पुर्व इन्सपेक्टर बाल कृष्ण साहसहित सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन। बिजया दशमी, दिपावली […]

जनकपुरधाम । तलब नपाएपछि जिल्ला हुलाक कार्यालय धनुषाका कर्मचारीले आन्दोलन थालेका छन् । पहिलो चरणको आन्दोलनअन्तर्गत उनीहरू कार्यालय अगाडि काम ठप्प पारेर धर्नामा बसेका छन् । कर्मचारी मनिता महतोले चाडपर्वको मुखमा तलब नदिएको भन्दै आन्दोलनका लागि बाध्य भएको बताइन् । उनले भनिन्, ‘तलबका लागि पटक-पटक कार्यालय प्रमुखसँग आग्रह गर्‍यौं । तर उहाँ कुनै वास्ता गरिराख्नु […]

जनकपुरधाम । प्रहरीले धनुषाबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका -९ धारापानीका अन्दाजी २० वर्षीय रोहित ठाकुर रहेको प्रहरीले बताए। ठाकुरलाई शंकाको आधारमा चेकजाँचको क्रममा धनुषाको बिहेद नगरपालिका-३ झुलुङ्गे पुल नजिकैबाट ईलाका प्रहरी कार्यलय दुहबीबाट प्रहरी नायव निरीक्षक जयप्रकाश साहको कमान्डमा रहेको गस्ती टोलीले पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। पक्राउ […]

जनकपुरधाम ।धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर स्तरीय बाल संजाल गठन गरिएको छ। गणेशमान चारनाथ नगरपालिकाको बिरेन्द्रबजारमा आसमान नेपालको सहकार्यमा संचालित शशक्त परियोजना अन्तर्गत बालबालिकाहरुलाई क्षमता अभिवृद्धि तीन दिवसीय तालिम बिहिवार सम्पन्न भएको। सो तालिम पश्चात नगर स्तरीय दीप ज्योति बाल संजाल गठन गरेको परियोजनाका मधेश प्रमुख संतोष मोरबैताले जानकारी दिए। उनका अनुसार धिरेन्द्र महतोको नेतृत्वमा […]

जनकपुरधाम । जनकपुरधामको रामसागर रामसरुप बहुमुखी (राराब) क्याम्पस स्ववियू सभापति मनिष यादव रातभर थुनामा परेका छन् । बुधबार राति धनुषाको ढल्केवरस्थित सम्राट डान्सबारमा केटीको लफडामा विवाद भएपछि दुई पक्षबीच कुटाकुट भएको थियो । स्रोतका अनुसार डान्सबारमा केटीको विषयमा लफडा भएपछि संचालकले सभापति यादवसहित दुबै पक्षका व्यक्तिलाई बाहिर निकालेको थियो । बाहिर भएपछि झडप नै भएको […]

जनकपुरधाम । नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा अधिवेशन उद्घाटनका लागि मञ्च र पण्डाल बनाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने र नेताहरूले सम्बोधन गर्ने उनले बताए । ७ हजार नेता कार्यकर्ता अट्ने क्षमताको पण्डाल बनाइएको छ । अधिवेशनका […]

सिरहा । राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् । अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दुःख दिएको भन्दै एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मङ्गलवार ढुंगामुढा भएको हो ।स्थिति नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको […]