०४ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

प्रमुख समाचार

मुख्यमन्त्री राउतद्वारा राहतको घोषणा

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० भदौ।प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदीमा आइतबार डुबेर मृत्यु भएका तीन बालबालिकाका परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको समवेदना पत्रमा मुख्यमन्त्री राउतले मृत्तात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट […]

न्यूजमधेश डेस्क सप्तरी ,१० भदौ । एक महिनाअघि आएको बाढीले धान खेतीमा ठूलै क्षति पु¥याएको सप्तरीमा अहिले धान खेतीमा गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका सर्वाधिक धान खेती हुने पाँच स्थानिय तहमा गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु थप चिन्तित बनेका हुन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, बालन बिहुल गाउँपालिका, […]

सिरहा, १० भदौ । सदैव गरिब र असहायको पक्षमा आवाज बुलन्द गरेपनि राजनैतिक रुपमा विभिन्न प्रकारका जालझेल आउनु स्वाभाविक हो तर आफ्नो नैतिकता माथि नै प्रश्नचिह्न खडा हुने गरि लगाईएको ठगीको आरोप निराधार भएको नेता शिवजी यादवले बताए । औरही ५ का समाजसेवी तथा नेताको रुपमा चिनिने शिवजी यादवले भने “म यस्ता मिथ्या आरोपले डगमगाउनेवाला […]

सिरहा, १० भदौ । सिरहा औरहीका शिवजी यादवले आफू राम्रो काम गरेतापनी राजनैतिक पुर्वाग्रहका शिकार भएको गुनासो पोखेका छन । औरही ५ बस्ने यादवले केहि दिन उनी विरुद्ध लगाईएको ठगीको आरोप कपोकल्पित एवं निराधार रहेको दावी गर्दै आफुले नखाएको विष लागेको भनी आफ्नो दु:ख पोखेका छन । यादव द्वारा मंगलवार औरहीमा गरिएको पत्रकार सम्मेलनमा उनले […]

निरा गौतम रुपन्देही,९ भदौ । जिल्लाको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बस्नुभएका रुद्र आचार्यको घरमा पुग्नुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उहाँको परिवारको मनोबल बढाउन उपप्रमुख दैलामा आएपछि आचार्य छक्क पर्नुभयो । उपप्रमुख आचार्यले उहाँलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने […]

मनोज बनैता सिरहा, ८ भदौ । महिनैपिच्छे विवादमा तानिने सिरहा मुसहर्निया स्थित आरके मेडिसिटी अस्पताल फेरि एक पटक चर्को विवादमा मुछिएको छ । अस्पतालमा डाक्टर लगायत अन्य कर्मचारीहरुको ब्यवहार ले दिनानुदिन बिरामीको संख्यामा कमी आएको एक मुसहर्नियाका स्थानीय बताउँछन् । केही दिन अगाडि बिरामीको कुरुवा लगायत उनका परिवारजन संग त्यहाँका डाक्टरले गरेको अभद्र ब्यवहारको घटनाले […]

मनोज बनैता सिरहा, ९ भदौ । लाहान नगरपालिकाको मौनताले नगर क्षेत्र उच्च जोखिममा रहेको छ । राहत वितरण, मास्क वितरण तथा सेनिटाईजर वितरण लगायतका गतिविधिमा अति तदारुकताका साथ लाग्ने लाहानका जनप्रतिनिधि हालको भयावह स्थितिमा भने मौन देखिएका छन । चैतमा लकडाउन हुँदा राहत र मास्क वितरण परिमाण भन्दा दोब्बर सेल्फी लिने स्थानिय नेता अहिले आएर […]

मनोज बनैता, सिरहा, ९ भदौ । कोभीड १९ माहामारीको त्रासदी र लामखुट्टेको आतंकलाई ख्याल गर्दै सिरहाका औरही गाउँपालिकाले झुल का साथ साथ सेनिटाईजर बाँडेका छन त्रासको माहौललाई साम्य पार्न उक्त कदम चालिएको गाउँपालिका अध्यक्ष  सिदार्थ यादवले बताए । सिरहाको औरही गाउँपालिकाका ५ वटै वडा समेटी सुपरनेट झुल र सेनिटाईजर वितरण गरिएको छ। वडा ५ का […]