२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

समाज

ज्येष्ठ नागरिक आवास गृहको भवन वडा कार्यालयलाई हस्तान्तरण

न्यूजमधेश डेस्क सर्लाही ,१३ असोज। सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन आज वडा कार्यालयलाई हस्तान्तण गरिएको छ । सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके (जेभी)का प्रतिनिधि रवि रञ्जीतकारले संयुक्त रुपमा आज लालबन्दी नरगपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठलाई सो भवन हस्तान्तरण […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ असोज ।तराईं मधेशका पवित्र ‘जितिया पर्व’ प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको […]

न्यूजमधेश डेस्क महोत्तरी ,१० असोज । जग्गाको कित्ताकाटका लागि विनित चौधरीले विगत २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन् । जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नै नगराई उहाँ रित्तै फर्कनु भएका हुन् । “सबै कागजात ठिक्क थियो । फाँटवालाले सिफारिस जग्गा किताकाट […]

राजविराज, १० असोज । भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज काठमाडौंद्धारा सप्तरीका बाढी तथा आगलागीबाट पिडित भएका व्यक्तिहरुकालागि ११० वटा टेन्ट र २०० वटा म्याट गरि करीब ४३ लाख रकम बराबरको साम्रगी हस्तानान्तरण गरेका छन् । राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज (आइतवार) बाढी तथा आगलागिबाट पिडित परिवारहरुकालागि अस्थायी बसोबासकालागि राहत साम्रगी […]

न्यूजमधेश डेस्क सिरहा ,१० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप […]

न्यूजमधेश डेस्क बर्दिया ,७ असोज ।बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका–७ का ४० वर्षीय मुसा कुरेसी रहेका छन् । दिनलाई घटनास्थलबाटै र सो घटनामा […]

न्यूजमधेश डेस्क राजविराज ,७ असोज । जितिया पर्वमा नेपाल सरकारको विदा दिनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बुधवार राजविराज स्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा आयोजना गरिएको जितिया पर्व समारोह कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । तीजका दिन सरकारले सार्वजनिक विदा दिएपनि मधेशभरिका महिलाहरुले मनाइने जितिया पर्वको दिन विदा नदिई सरकारले […]

न्यूजमधेश डेस्क सप्तरी ,६ असोज । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले […]