२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्थानीय

भानु चौक जस्तै जिरोमाईल पनि ठिक पार्छु : ईन्चार्ज कुर्मी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं १ रेल्वे चौकीबाट हालै सरुवा भएका प्रहरी चौकी ईन्चर्ज राम जीवन प्रसाद कुर्मीले भानु चौक जस्तै जिरोमाईलको शान्ती सुरक्षा दिने प्रतिबद्धता जनाएका छन् । जनकपुर १ भानु चौकका यूवा, समाज, बुद्धिजीवी, ब्यापारीले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै ईन्चार्ज कुर्मीले अब जिरोमाईलबाट भयत्रास तथा अपराधीलाई कानूनी दायरामा ल्याउने बताए । […]

मनोज बनैता, सिरहा । प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा सिरहामा उज्यालो अभियानको थाल्नी भएको छ । मन्त्री मण्डल ले आफ्नै निर्वाचन क्षेत्रबाट यो अभियानको थाल्नी गरेका छन । राज्य मन्त्रीले भने “प्रदेशसभा निर्बाचन क्षेत्र नं. ४ (ख) मुख्यतः ग्रामीण बसोबासले भरिएको विशुद्ध गाउँले परिबेश हो । यहाँका जनताहरु […]

पर्वत । ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कुश्मा नगरपालिकाका एक वडा सदस्य पक्राउ परेको छ । कुश्मा नगरपालिका – ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरी पराजुली पक्राउ परेका हुन् । पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको पीडित परिवारको उजुरीमा उल्लेख छ । स्थानीय मिल नजिकै बालिकामाथि […]

जनकपुरधाम। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वाड नं.२४ बसहिया स्थित रहेको ६ लेन सडकको ३० मिटरको दुरिमा बाढीले भत्किएपछि यातायात अवरुद्ध भएको छ । जटहीदेखि जनकपुर जोड्ने ६ लेनको पक्की सडक असार २७ गते दूधमती नदीमा आएको बाढीले बगाएपछि यातायात अवरुद्ध बनेको हो । दैनिक हजारौं सवारीसाधन आवतजावत हुने सडक बाढीले बगाए पनि मर्मतका लागि स्थानीय […]

विरगंज ।पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. २२ स्थित रहेको जगरनाथपुरमा मृत अवस्थामा एक जना युवक फेला परेको छ। मृत फेला पर्ने सोही गाउँमा बस्ने ३५ वर्षीय नथु मियाँ रहेको प्रहरीले जनकारी दिएको छ।प्रहरीका अनुसार गाउँमै रहेको नहरको डिलमा मियाँको लास मृत अवस्थामा भेटिएको छ। लास फेलापरेको ठाउँमा प्रहरीको टोलि पुगेर आवस्यक कानुनी प्रक्रिया पूरा […]

सिरहा।प्रदेश २ का उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा आइतबार सिरहका १३ जना अपाङ्गलाई ह्वीलचेयर वितरण गरेका छन। सिरहा जिल्लाको निर्वाचन क्षेत्र न.४ (ख ) बाट मण्डलले निर्वाचित भएका क्षेत्रका १३ जना अपाङ्गलाई आईतवार ह्वीलचेयर वितरण गरेका । ह्वीलचेयर वितरण गर्दै उनले समाजमा अहिले पनि अपाङ्गलाईलाई हेपाहा दृष्टिकोणले हेर्ने परिपार्टी कायमै रहेकाले […]

सोलिन्द्र चौधरी , जनकपुरधाम। मधेशमा बाढीको कारणले धान विउको हाहाकार मच्चिएको छ। केही दिन अगाडि बाढी आएको कारणले तराई मधेशका जिल्लाहरुमा धानको बीउ नष्ट भएको छ। उक्त बाढिको पानीले मधेशका किसानहरुलाई ठूलो क्षती भएको धनुषाको कमला नगरपालिका वाड न ४ का किसान मन्जुर मियाले भने सरकार मात्र कर लिनको लागि मात्र रहेको बताएको छ। बाढीले […]

जनकपुरधाम। प्रदेश सरकारले गरेको प्रतिबद्धता अनुसार बाढी प्रभावित क्षेत्रमा आईतवारबाट राहत वितरण कार्य शुरु गरेको छ । साउनको पहिलो सत्ता लगातार वर्षाको कारण आएको बाढीबाट सबभन्दा बढी महोत्तरी जिल्ला प्रभावित भएको थियो । मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा गरेको प्रतिबद्धता अनुसार आईतवारबाट राहत वितरण कार्य शुरु भएको हो । महोत्तरीको […]