१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

स्थानीय

जनमत पार्टी रुपन्देहीले संगठन विस्तारमा निरन्तरता दिदै

भैरहवा ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले रुपन्देही जिल्लाको सांस्कृतिक नगरपालिका -१० मा शनिबार वडा स्तरीय समिति गठन गरेको छ। पार्टीले रुपन्देहीका विभिन्न नगरपालिका तथा गाउपालिकाको वडाहरुमा संगठन निर्माण गरिरहेको युवा नेता संजय मिश्रले जानकारी दिएको छ। त्यसैगरी शनिबार पिन्टु कहारको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको छ। त्यस्तै मर्चवार गाउँपालिका वडा नम्बर ३ […]

अर्जुन साह, जलेश्वर ।लोहारपट्टी नगरपालिका वाड नम्बर .४ मा नेपाल सेनाद्वारा सर्प टोकेपछी ज्यान कसरी बचाउने सम्बन्धमा जनचेतना कार्यक्रम शनिबार सम्पन्न गरेको छ। नेपाल सेना र सशस्त्र प्रहरीको संयुक्त टोलिद्वारा स्थानीय व्यक्तिहरुलाई एक ठाउमा जम्मा गरेर सर्प टोकेपछि तत्काललै कसरी उपचार गर्ने विषयमा जानकारी दिएको सेनाको कमान्ड दिनेश थापाले जानकारी दिएको छ। थापाले भने कुनै […]

जनकपुरधाम।धनुषाको पुर्वी क्षेत्रमा रहेको कमला नगरपालिका वाड नं.१ मंगराहामा बुवा र छोराको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय ४५ वर्षीय जोगेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धर्मेन्द्र मण्डल खेतमा काम गर्न गएका बेला करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ । करेन्ट लागेर घाइते भएको अवस्थामा उपचारका लागि यदुकुहा हेल्थ […]

अवधेशकुमार झा,सप्तरी । खाडो खोलामा बुधबार आएको बाढी सप्तरी जिल्लाको तिलाठी कोइलाडी–१ को तिलाठी र बेल्ही गाउँका अधिकांश घरमा पसेको छ । साताअघि खाडोको पश्चिमी तटबन्ध दुई स्थानमा भत्किएको थियो । सुरक्षाकर्मीले बाँध निर्माण गरिरहेको भएपनि पुरा नहुँदा बाढीको पानी बस्तीमा पसेको हो । ‘एकाधबाहेक हरेक घरमा पानी पसेको छ,’ स्थानीय ललितनारायण झाले भने, ‘बिहानैदेखि पानी घरघरमा पसेपछि […]

कमल कुमार मण्डल , राजविराज । अविरल वर्षाका कारण कतै बाढिबाट त कतै पानिको बहाब नभएकोले विभिन्न ठाउँमा समस्या खेप्नुपर्दै आएको छ । वर्षाका कारण बुधवार खाडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ तिलाठी डुबानमा परेका छन् । गाउँपालिकाको करिब २ हजार ५ सय परिवार बाढीबाट पीडितभएको गाउँपालिकाले जनाएका छन् । […]

सिबि यादव,बिरेन्द्रबजार ।धनुषाको गणेशमान चारनाथ नगरपालिका वाड नं. १ स्थित रहेको बिरेन्द्रबजारमा पोखरीमा डुबेर दुई बालक मृत्यु भएको छ। स्थानीय सबिन लायोमगरका १३ वर्षीय छोरा आदित्य लायोमगर र हरिबहादुर लायोमगरका १० वर्षीय छोरा आकाश लायोमगरको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय भरतपुर(बिरेन्द्र बजार )ले बताएको छ। घरबाट आकाश काकाको छोरा संग पोखरीमा नुहाउनको लागि […]

जनकपुरधाम । प्रहरीले नक्कली सवारी चालक अनुमितपत्र (लाइसेन्स) बनाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ बस्ने ३४ वर्षीय अलिअकवर मंसुर ,औरही गाउपालिका वाड नं.६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई ईलाका प्रहरी कार्यलय औरहीले गोप्य सुचनाको आधारमा मंगलबार दिउँसो ४ बजे बलगंगा चौकबाट पक्राउ गरेका हुन उनिहरुले काठमाडौंबाट नक्कली सवारी चालक अनुमति […]

अमर पासवान , सिरहा। सिरहा नगरपालिका वाड न ६ र १२ का बाढिपिडितलाई लक्षित गरेर नेपाली धानुक सेवा समाज दोहा कतारले राहत वितरण गरेका छन् । सिनपा वडा नं.६ का ७ र १२ का २८ घरपरिवारलाई राहत वितरण गरेका हुन् । १० किलो चामल, १ किलो दाल, ५ सय ग्राम तेल, १ किलो नमक, सुत्नका […]