जनकपुरधाम । सुँगुरलाई पशुले मार्न लगाएर धनुषाको विदेह नगरपालिका-३ गोबराहीमा ‘हुराहुरी’ मनाइएको छ । सुँगुरलाई बाँधेर बलिया गाई, भैंसी र गोरुबाट मार्न लगाउने खेललाई ‘हुराहुरी’ भनिन्छ । यो एक प्रकारको अनौठो र हिंसात्मक खेल हो । सुँगुरलाई लखेटी लखेटी मारिरहेका बेला ढोल बाजा बजाइन्छ । लक्ष्मी पूजा अर्थात् दिपावलीको विहानपल्ट तराई/मधेशमा ‘हुराहुरी’ मनाइन्छ । विगतमा […]
जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले धनुषाको प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई खटाएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत शर्माको बिहीबार काज सरुवा भएको हो। यसअघि धनुषाको प्रहरी प्रमुख रहेका एसपी विश्वराज खड्कालाई कारबाहीस्वरूप हटाइएको थियो। आरती साहको मृत्यु प्रकरणमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई जिम्मेवारीबाट हटाएको हो।
सिरहा । नेपाली कांग्रेसबाट बिद्रोह गर्दै मिर्चैयाका युवा नेता रामेश्वर यादव (मरर) जनमत पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार औपचारिक रूपमा जनमतमा प्रवेश गरेका हुन् । नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सांसद डा. सिके राउतले अबिर र खादा लगाई पार्टीमा स्वागत गरे । मधेश आन्दोलनपछि राजनीतिमा पूर्ण सक्रिय यादव मिर्चैया क्षेत्रमा स्थापित […]
अर्घाखाँची । अर्घाखाँचीमा २० रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो । मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला […]
जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाबाट एकै साथ पाँच जना किशोरी बेपत्ता भएका छन् । औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरिले जानकारी दिएका छन् । ती […]
जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई पुराना दलहरूले पुन: जेल पठाउन षड्यन्त्र गरिरहेको आरोप लगाउका छन् । रिगलको आममाफी बदरसँगै रेशम पनि जेल जानसक्ने चर्चा भइरहँदा उनले टीकापुरमा आफ्नो दोष भगवान्ले पनि पुष्टि गर्न नसक्ने जिकिर गरे । केहीदिन अगाडि धनुषा आएका उनले सञ्चारकर्मीसँग भने- ‘म मेरो मुद्दाबारे धेरै भन्न चाहन्न । […]
वीरगन्ज । दीपावलीमा चाहिने माटाका भाँडाकुँडा, झिलिमिली बत्तीलगायतका विद्युतीय सामान तथा पूजाका लागि आवश्यक थरीथरीका सामग्री बिक्रीका लागि राखिएकाले वीरगञ्ज क्षेत्रका बजारको रौनक फर्किएको भान हुन्छ । आयातित विद्युतीय सामग्रीका माझमा माटाका दियो र भाँडाकुँडाको थुप्रो देख्दा सांस्कृतिक रीतिरिवाज सम्पन्न गर्न यस्ता वस्तुको महत्व अझै कम नभएको बुझ्न त सकिन्छ । तर परम्परागत रुपले यस्ता […]
राजविराज । सप्तरीमा बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपालको समानान्तर जिल्ला कमिटी गठन भएको छ। जिल्ला अध्यक्ष र प्रदेश कमिटीका मुख्य सचिवले मनोमानी गरेर संगठन ध्वस्त बनाएको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद यादवको नेतृत्वमा ५७ सदस्यीय जिल्ला समानान्तर कमिटी गठन भएको हो। राजविराजस्थित जिल्ला समन्वय समितिमा आयोजित जिल्ला भेलाले यादवको अध्यक्षतामा गठन गरेको कमिटीमा निलेश […]