२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

समाचार

भ्रष्टाचारको आरोप लगाउदै विद्यार्थीहरुले दले प्रधानाध्यापकलाई कालोमोसो

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ माघ। धनुषाको शहिदनगर नगरपालिका ७ धवौलीमा रहेको एस.एन.आर. जनता माविका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई विद्यार्थीहरुले दुव्र्यवहार गरेका छन् । पठनपान अस्तव्यस्त पारेको र करोडौं रुपैया भ्रष्टाचार गरेको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापक गोहिबारमाथि कालो रंग फालेर दुव्र्यवहार गरेका हुन् । विद्यार्थीहरुले प्रधानाध्यापक गोहिवारमाथि कालो रंग दल्नुका साथै विद्यालयमा तालाबन्दी समेत गरेका छन् । पठनपाठन […]

न्यूजमधेश डेस्क काठमाडौं ,१८ माघ। निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी परेको छ । युवराज पौडेल सफलले रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ माघ। प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले अनाहकमा थुनेको आरोप लगाउँदै पुर्व सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्नसमेत माग गरेकी छिन् । ‘धेरै निर्दोष थारुहरुलाई फसाइएको छ, निर्दोष […]

न्यूजमधेश डेस्क राजविराज, १८ माघ ।जातीय छुवाछुत निर्मुल पार्न देशमा ऐन, कानुन बनिसक्दा पनि यो नियन्त्रण हुन सकेको छैन् । उपल्लो जातले दलितसँग र दलितभित्रका सानो जातलाई दलितभित्रकै उपल्लो जातले अहिले पनि छुवाछुतको नजरबाट हेर्ने गर्छन् । जातीय छुवाछुत कायम रहेको अवस्थामा पनि उपल्लो जातका युवकले तल्लो जातका युवतीसँग भागेर भएपनि विवाह गरेका घट्ना बाहिर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ माघ । जनकपुरधामको रंङभुमी मैदान बाह्रविघामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । हरिज स्पोर्टस् जोनको आयोजनामा मंगलबार (आज)देखि अण्डर–१६ प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेल जनकपुरधामको मोनाष्टिक स्केण्ड्री इगलिश बोर्डडिङ स्कुल र सिदार्थ शिशु सदन माविबीच भइरहेको छ । खेलको उद्घाट जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किसोरी साह र वडा नम्बर ९ का […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ माघ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त […]

न्यूजमधेश डेस्क राजविराज, १५ माघ । ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का रामदेब मरिकको घरमै पुगेर जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत उनको समस्या बुझ्नुभएको छ। आइतबार सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा.सीके राउत र प्रदेश सभा सदस्य सतिश कुमार सिंहसहित्को टोलि उनको घरमा पुगेर आत्महत्या […]

न्यूजमधेश डेस्क जलेश्वर,१५ माघ।महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आइतबारबिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन्। उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी […]