जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको आज विहान मृत्यु भएको छ । अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराएकी महोत्तरीको मटिहानीका हासिम राइनकी श्रीमती तजाबुल खातुनको मृत्यु भएको हो । बच्चा (छोरा) भने सुरक्षित रहेको बुझिएको छ । शुक्रवार साँझ ७ बजे चिकित्सकले शल्यक्रिया गरेका थिए । रातभर अवस्था सामान्य रह्यो । आज […]
जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त राउतले ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन प्रस्ताव गरेका छन् । अध्यक्ष डा. राउतले प्रतिनिधिसभाका सचिवलाई प्रतिनिधिसभामा उक्त संकल्प प्रस्ताव छलफलका लागि संकल्प पत्र बुझाएका हुन् । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७९ बमोजिम उक्त संकल्प प्रस्तावमाथि छलफल गर्न यो सूचना दिएको […]
धनगढी। नवजात शिशुको मृत्यु भएपछि आफन्तले सेती प्रादेशिक अस्पताल घेराउ गरेका छन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै कारबाही र क्षतिपूर्तिको माग […]
राजविराज । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सप्तरी जिल्लाका हरेक खेलाडीको व्यवस्थापन गरिने बताएका छन् । क्रिकेटर विवेक यादव र भारोत्तोलन खेलाडी संजय यादवलाई सम्मान गर्न जिल्ला खेलकुद विकास समिति, सप्तरीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् । ‘आर्थिक कारण नै खेलाडी खेलकुद छाड्न […]
काठमाडौं । जापानलाई ४५ रनले पराजित गर्दै नेपाल चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा तेस्रो भएको छ। आइतबार हङकङमा तेस्रो स्थानका लागि भएको खेल जितेसँगै नेपालले सिरिजको यात्रा पनि टुंग्याएको छ। नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो। जापानकी ओपनर अकारी […]
काठमाडौँ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदैछ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । […]
सिरहा ।नव प्रवेशी कर्मचारी समिति सोहपुरले जिल्ला स्तरीय हाजरिजवाफ तथा नृत्यकला कार्यक्रम सम्पन्न भएको हो। बरियापट्टि गाउँपालिका-४ सोहपुरमा नव प्रवेशी कर्मचारी समितिका अध्यक्ष शिव गंगा प्रसाद यादवको अध्यक्षतामा भएको जिल्ला स्तरीय हाजरिजवाफ तथा नृत्य कला कार्यक्रम राम बहादुर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएका हुन। बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतो र गाउँपालिकाकी उपाध्यक्ष ममता यादवको […]
जनकपुरधाम ,२८ कार्तिक । घोषिन उत्थान मंच नेपालका १३ औं वार्षिक साधारण सभा सप्तरीको पौरतहामा सम्पन्न भएको छ। मंगलबार सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका -३ पौरतहामा घोषिन उत्थान मंच नेपालका अध्यक्ष सोभित लाल पगहियाको अध्यक्षतामा भएको मंचको १३ औं वार्षिक साधारण सभा कोशी प्रदेशका प्रदेश सांसद रामदेव अरगरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सो कार्यक्रममा डा.नागेन्द्र […]