२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

समाचार

धनुषामा पेस्तोलसहित २८ वर्षीय महतो पक्राउ

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ माघ।धनुषामा पेस्तोल र त्यसमा लोड भएको दुई राउण्ड गोली र एक म्याग्जिन सहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको मिथीला नगरपालिका-२ नकटाझिझ चौकबाट सोही पालिकाको वडा नम्बर-७ बस्ने जोगिन्द्र महतो को छोरा अन्दाजी २८ वर्षको रौशन महतो पेस्तोलसहित बिहीबार बेलुका पक्राउ परेका हुन् । ईलाका प्रहरी चौकी महेन्द्रनगर, धनुषाबाट प्रहरी निरीक्षकको […]

न्यूजमधेश डेस्क काठमाडौं,१२ माघ। काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको ७४औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन पढेर सुनाइएको थियो । सम्बोधनमा राष्ट्रपति मुर्मूले विश्वव्यापी […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ माघ। जनतम पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । सोही घटनालाई अध्यक्ष […]

न्यूजमधेश डेस्क काठमाडौं,११ माघ। स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले मंगलबार आत्महत्याको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयूमा भेट्न गएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। अघिकांश आलोचकहरुले आईसीयूजस्तो संवेदनशील स्थानमा गएर बिरामीलाई भेटेको, उनीसँग विभिन्न प्रश्न सोधेर केरकार गरेको र सस्तो लोकप्रियताका लागि भिडियो समेत खिच्न लगाएर सार्वजनिक गरिएको भन्दै आलोचना गरेका छन्। […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १० माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकिएको हो । मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० माघ। जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद डा.सीके राउतले बोल्न दिइएको समयबारे प्रश्न उठाएका छन्। ठूला दलका सांसदलाई धेरै समय र साना दलका सांसदलाई थौरै समय दिइएकोमा उनले आपत्ति जनाएका हुन्। ‘संसदमा धन्यबाद दिनका लागि नै कसैलाई ९० मिनेट र कसैलाई ५ मिनेट समय छुट्याउनु कसरी उपयुक्त हो?,’ उनले भने, […]

न्यूजमधेश डेस्क काठमाडौँ,९ माघ। सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो । सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि […]

चन्दन रजक राजविराज । सप्तरीमा विद्यार्थी जनमत संघ समिति गठन कार्यक्रम सप्पन्न भएको छ। जिल्लाको सदरमुकाम राजबिराजको जनमत पार्टी कार्यालयमा कार्यक्रम सप्पन्न भएको हो। रामभजन मण्डलको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा मनोज कु. साह,पुरोषत्म राम,सचीव पंकज यादव ,सह सचिव खिलेनन्द साह,विदानन्द झा,कोषाध्यक्ष खुशबु कुमारी राम,सह कोषाध्यक्षमा सुनम साह रहेको छ्न । […]