न्यूजमधेश डेस्क रुपन्देही ,३० श्रावण । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका-१ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति लुटपाट गरी भाग्दै गरेकाहरूले ओमसतियाको वसन्तपुर वडा कार्यालय अगाडि […]
न्यूजमधेश डेस्क राजविराज ,२९ श्रावण ।जनमत पार्टीको भेटघाट तथा प्रशिक्षण कार्यक्रम राजविराजमा सुरु भएको छ। सप्तरीको सदमुकाम राजविराजस्थित रहेका जिल्ला समन्वय समितीको सभा हलमा जनमत पार्टी सप्तरीको आयोजनामा अगुवा नेता कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको छ। जनमत पार्टी सप्तरीको जिल्ला इन्चार्ज ममता झाको अध्यक्षतामा भैरहेको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय […]
न्यूजमधेश डेस्क विराटनगर,२९ श्रावण । प्रितम मुखिया नेतृत्वको पिछडा वर्ग निसाद दलित जनजाति पार्टीले जनमत पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागि हुने भएकाे छ । आइतबार विराटनगरमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र दलित जनजाति पार्टीका अध्यक्ष मुखियाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सहकार्य गर्दै दुबै पार्टीले जनमत पार्टीको […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२९ श्रावण ।देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । सोमबार बाग्मती, […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ श्रावण। काठमाडौं महानगरपालिकाले हिजो शनिबारबाट राजधानीको फोहोर उठाउन शुरू गरेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई विसर्जन थालिएको हो । गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेसिनसहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो । लगत्तै […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ श्रावण । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातर हार बेहोरेको छ। शनिबार ब्रेन्टफर्डको मैदानमा सम्पन्न खेलमा युनाइटेड ४-० ले पराजित भएको हो। खेलको दशौं मिनेटमा जोस डा सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। १८औं मिनेटमा माथिअस जेन्सनले अग्रता दोब्बर पारे। ३०औं मिनेटमा बेन मीले गोल गर्दै अग्रता ३-० को बनाए । त्यसको […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ श्रावण । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा […]
न्यूजमधेश डेस्क पर्सा,२८ श्रावण । पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२३ बस्ते दिनेश प्रसाद यादवलाइ श्रीमतीको हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको हो । उनले शुक्रबार बिहान ४ बजे वीरगन्जको इतियाही बस्ने २३ वर्षीया प्रतिमा कुमारी यादव सुतिरहेकी अवस्थामा घाटी दबाइ हत्या गरेका थिए । प्रतिमाको श्रीमान दिनेशले […]