न्युजमधेस डेस्क जनकपुरधाम,३२असार। तराईका जिल्लामा केही दिन यता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ । अत्यधिक गर्मीका कारण तराईका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ। सोही क्रममा पर्साका विभिन्न पालिकाका सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ। हालसम्म वीरगञ्ज महानगरपालिकासहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन्। वीरगञ्ज महानगरभित्रका […]
न्युजमधेस डेस्क धनुषा,३२ असार। धनुषाको स्थानीय तहले धमाधम करारका कर्मचारी हटाउन थालेका छन् । जिल्लामा १८ वटा स्थानीय तहमध्ये सबैला नगरपालिका र बटेश्वर गाउँपालिकाले सूचना नै सार्वजनिक गरेर अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएका छन् । बटेश्वर गाउँपालिकाले असार २२ गते करारका कर्मचारीको म्याद थप नगर्ने तथा हाजिरीसमेत नगराउने निर्णयसहितको सूचना जारी गरेको […]
न्युजमधेस डेस्क जनकपुरधाम,३२असार। एउटा कारले ६ वटा गाडीलाई ठक्कर दिएको छ । पोखरामा गएराति उक्त घटना भएको जनाए। झापा घर भएका विनायक वलीले चलाएकाे कारले गएराति ६ वटा गाडीलाई ठक्कर दिएकाे हाे । लेकसाइडको हलनचोकबाट बाराही चोक जाँदै गरेकाे बा १२ च ६३३९ नम्बरकाे कारले एउटा ट्याक्सी, दुई वटा मोटरसाइकल र तीन वटा स्कुटरलाई ठक्कर दिएको थियो । कारले पार्किङमा […]
न्युजमधेस डेस्क जनकपुरधाम,३२असार। गएराती आएको भीषण हावाहुरीले एक दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति पुर्याएकाे छ। डोटीको बोगटान फुड्सिल गाउँपालिकामा हिजाे बेलुका आएको हावाहुरीले धेरै घरमा क्षति पुगेको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले जानकारी दिनुभयो। हावाहुरीले घरको सिलेट खस्दा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारा दाच्का बस्ने हिमाल कुडमालका तीन वर्षीय छोरा विजय कुडमाल गम्भीर घाइते भएका […]
न्युजमधेस डेस्क जनकपुरधाम,३२असार। बजारमा खानेतेलको भाउ घटेको भने पनि महँगोमा किन्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् । उद्योगीका अनुसार बजारमा पछिल्लो हप्ता खानेतेलको प्रकृति अनुसार (तोरी, सनफ्लावर र भटमास) लिटरमा ४० देखि ७० रुपैयाँसम्म घटेको छ । भाउ अहिलेसम्मकै उच्च हुँदा यसअघि उपभोक्ताले भटमास तेलमा प्रतिकार्टुन ३ हजार २ सय रुपैयाँसम्ममा खरिद गर्नुपरेको थियो । तर अहिले […]
न्यूजमधेश डेस्क वीरगन्ज ,३१ असार। जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहितका नेताहरूले पार्टी परित्याग गरेका छन्। केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव र टेक बहादुर शाक्यसहित पर्सा क्षेत्र नम्बर ४ का ६९ जना नेताहरूले पार्टी परित्याग गरेका हुन्। पार्टी परित्याग गर्ने नेताहरूमा केन्द्रीय सदस्यद्वय यादव र शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद,क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्यहरू […]
न्युजमधेस डेस्क जनकपुरधाम, ३२असार। धनुषामा दुई मोटरसाइकल एक-आपसमा ठोकिँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको मिथिला नगरपालिका स्थित नक्टाझिझमा तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना पुरुष गम्भिर घाईते भएका हुन्। आज(शनिबार) बिहान करिब ८ बजेको समयमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर […]
न्यूजमधेश डेस्क काठमाडौं ,३१ असार। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले बृद्धि भएको बताएका छन् । शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ […]