मनोज मोरबैता जनकपुरधाम,१० असार। पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार भएको ८ औं गाउँसभाबाट गाउँपालिकाको लागि ४७ करोड बढी बजेट अनुमान गरिएको छ । शिक्षा , स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखी भौतिक पूर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दाको रुपमा अगाडी सारिएको हो । गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको सभापतित्व […]
न्यूजमधेश डेस्क खजुरी ,१० असार।पुर्वी दक्षिणी भारतको सिमानामा रहेको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सुरु भएको छ। शुक्रबार गाउँपालिका वडा नम्बर ४ खजुरीस्थित स्वास्थ्य चौकीको सभा हलमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको अध्यक्षतामा ८ औं गाउँसभा नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सुरु भएको छ। सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगल,प्रमुख प्रशासकीय अधिकृत अजोधी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार।पेट्रोलियम पदार्थको मूल्य ३ दिन भित्र फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने जनमत पार्टी सप्तरी इन्चार्ज ममता झाले चेतावनी दिएकी छिन्। आज सप्तरीको सदरमुकाम राजविराजमा पेट्रोलियम पदार्थको मुल्यविद्धिको विरुद्धमा जनमत पार्टी सप्तरीले प्रदर्शन गरेका हुन। सो बिरोध प्रदर्शनपछि न्यूजमधेशसंग कुरा गर्दै जिल्ला इन्चार्ज झले भने, ” पेट्रोलियम पदार्थ जनताको प्रत्यक्ष जीवनसंग जोडिएको महत्त्वपूर्ण […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ असार। धार्मिक पर्यटक बोकेको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो । भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किटअन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधामको रेल्वे […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार । मुख्यमन्त्री लालबाबु राउतले बिज्ञान प्रबिधिको बिकास नै बिकासको मुल आधार रहेको बताउनु भएको छ। युवा परिषद नेपालको आयोजनामा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भएको २ दिवसिय राष्ट्रिय युवा बैज्ञानिक सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले बिज्ञानको अध्ययनले कुनैपनी समाजको गरिबी दुर गर्न सकिने उल्लेख गर्नु हुँदै नेपाल जस्तो आर्थिक रुपले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि डा. श्यामबाबु महतो आर्थिक सहयोग गरेका छन् । गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका महासचिव डा. शमहतोले व्यक्तिगत २५ हजार रूपैया विरामीलाई उपचार गराउन सहयोग गरेका हुन् । डा .महतोको घर विदेह नगरपालिका वडा नम्बर ६ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार । भारतीय पर्यटक सवार ‘भारत गौरव पर्यटक रेल’ आज नेपाल आइपुग्ने भएको छ । रामायण सर्किटमा सञ्चालन हुने उक्त रेल दिउँसो १ बजे जनकपुर स्टेसनमा आइपुग्ने छ । उनीहरूको सुरक्षाका लागि जनकपुरमा विशेष प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । रेलमा सवार ५ सय पर्यटक १ रात जनकपुरमै […]
न्यूजमधेश डेस्क काठमाडौं,९ असार । सत्ता गठबन्धनको बुधबार बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्याउने विषयमा छलफल केन्द्रीत भएको बताए । “सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा विकसित राजनीतिक घटनाक्रमबारे विश्लेषण भयो । प्रधानमन्त्रीजीले नागरिकताको […]