०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

समाचार

जसपाका अध्यक्ष उपेन्द्र यादवकै वडामा जसपा पराजित,एमालेको जित

न्यूजमधे डेस्क विराटनगर ,५ जेष्ठ । विराटनगर महानगरपालिका वडा नम्बर १४ मा सूर्य नारायण महतो निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको वडा भनेर चिनिने यो वडामा उनकै पार्टीले पराजय बेहोरेको हो । नेकपा एमालेका सूर्यनारायण महतोले १२१५ मत ल्याउँदा जसपाका बलदेव यादवले ७८२ मत प्राप्त गरेका हुन् ।

गोबिन्द महतो जनकपुरधाम ,५ जेष्ठ । धनुषा कमला नगरपालिका ९ का रणबीर सिंह मण्डल सानैदेखि फरक सोचका थिए। विद्यालयमा पढ्ने बेलादेखि नै सामाजिक सेवामा लाग्न उनी उत्साहित हुन्थे। उनी पठन-पाठनमा पनि मेहनती र लगनशील थिए। धनुषाधामको स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेका उनले सिभिल इन्जियरिङ्गसम्मको शिक्षा प्राप्त गरेका छन्। झट्ट हेर्दा अपरिक्व उमेरका देखिने उनमा समाजप्रतिको […]

मनोज मोरबैता सघारा,५ जेष्ठ ।चुनावी नतिजा सार्वजनिक भएसँगै धनुषाको कमला नगरपालिका ४ सघारामा नेपाली कांग्रेसले विजयी जुलुस निकालिएको छ। जुलुसमा सहभागीहरुले यो जीत कस्को जनताको, नेपाली काँग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै विजय जुलुस मनाएको हो । कमला नगरपालिकाका नव निर्वाचित मेयर विशेश्वर यादव ,उपमेयर शिला देवी मण्डल ,वडा नम्बर ४ का नव निर्वाचित वडाध्यक्ष दिपक […]

न्यूजमधेश डेस्क महोत्तरी ,४ जेष्ठ । महोत्तरीमा मतगणना सकेर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाको मत गन्नै बाँकी भएको पाइएको छ । बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मत गणना सकेर परिणाम घोषणा भइसकेपछि मतपत्रले भरिएको र सिल नै नखोलिएको मतपेटिका भेटिएको हो । बर्दिबासको वडा नम्बर ८ को बेलगाछीको २ वटा बाकसमध्ये एउटा बाकसको […]

न्यूजमधेश डेस्क सिरहा ,४ जेष्ठ । सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो । विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छानबिन […]

न्यूजमधेश डेस्क पर्सा, ४ जेष्ठ । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह १६ हजार १ सय १३ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले ८२०५ मत प्राप्त गरेका छन्। हालसम्म ३० हजार १ सय ३६ मत गणना भएको छ। उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११ हजार ४ […]

मनोज मोरबैता सघारा,५ जेष्ठ ।धनुषाको कमला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विशेश्वर यादव विजयी भएका छ्न। यादवले जनता समाजवादी पार्टी धनुषा जिल्ला अध्यक्ष पशुपति यादवलाई हराउँदै मेयरमा विजयी भएका हुन।यादवले ३८८७ सय मत प्राप्त गरेका छ्न भने जसपाका पशुपति यादवले २८५९ मत प्राप्त गरि पराजित भएका छ्न। यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी शिला देवी मण्डल विजयी भएकी […]

न्यूजमधेश डेस्क सप्तरी,४ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिका -२ मा जनमत पार्टीका वडाध्यक्ष पदका उम्मेदवार सिकेन्द्र कुमार साह विजयी भएका छन । साहले ३ सय ४० मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ढलाई मण्डलले ३ सय १ मत प्राप्त गरेका छन । जनमतबाट विजयी भएका साह युवा […]