न्यूजमधेश डेस्क काठमाडौं,२६ माघ। डा सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा दर्ता भई अध्यावधिक भएका सबै दलहरुलाई आफ्नो पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने व्यवस्था मिलाउन माग गरेको छ । पार्टी महासचिव चन्दन कुमार सिंहले आज प्रमुख निर्वाचन अधिकृत दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै आयोगमा अध्यावधीक भएका दलहरुलाई उनिहरुलाई प्रदान गरिएको चुनाव चिन्ह दिन माग गरेका […]
न्यूजमधेश डेस्क बीरगंज ,२६ माघ। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । बुधबार बीरगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनी मात्र यहाँ स्थानीय तहको […]
न्यूजमधेश डेस्क झापा, २० माघ । मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा आज भएको आगलागी पाँच घण्टापछि निभाइएको छ। श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो। झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० माघ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ । काँग्रेसको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका हुन् । प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ । स्रोतका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० माघ । ३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ परेका छन् । बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ सय रुपैयाँ घुससहित पक्राउ गरेको हो । साहले जग्गा नामसारीको सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा आयोगको हेटौँडा […]
न्यूजमधेश डेस्क बुटवल,२० माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको छ । जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। तर […]
सप्तरी, २० माघ । जनमत पार्टीले किसान आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) सप्तरीको विभिन्न ठाउँमा चक्का जाम गरेका छन् । जिल्लाको भारदह, रुपनी र कठौना स्थित राजमार्गमा चक्का जाम गरिएको आन्दोलन समितिका संयोजक शिवनन्दन कुशवाहाले जानकारी दिए । उनका अनुसार भारदह स्थित प्रहरीले बाटो खुलाउने प्रयास गरेकाले समान्य घमसाघम्सी भएको हो । हिजो (बुधवार) विभिन्न […]
राजविराज, २० माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित एक विद्यालयमा अभिभावकहरु आन्दोलित भएका छन् । सोही नगरपालिका वाड नम्बर ९ स्थित एस एल पी माध्यमिक विद्यालय महुकी पत्थरगाडामा विद्यालय व्यवस्थापन समिति गठनको मागँ गर्दै आभिभावकहरु अनिश्चिकालीन रिले अनसनमा उत्रेका छन् । विद्यालयमा उक्त समिति नभएकाले विभिन्न अनुदान लगायतका अन्य क्रियाकलापहरुमा समेत समस्या भइरहदाँ आफुहरु आन्दोलित […]