जनकपुरधाम , ९ माघ । सप्तरीको राजविराजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव विरुद्ध प्रदर्शन सहित पुतला दहन गरेका छन् । जनमत पार्टीका नेता, कार्यकर्ता तथा उनका समर्थहरुले आज (आइतवार) दशन चौक स्थित प्रदर्शन गर्दै मन्त्री यादवको पुतला दहन गरेको हो । रेणु यादवलाई बर्खास्त गर, जनमत पार्टी जिन्दावाद, सिके राउत जिन्दावाद, रेणु […]
जनकपुरधाम, ९ माघ । बारामा प्रतिबन्धित २ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार नवाधा थाना अक्बरपुर का ३८ वर्षीय शिव शंकर बब्लु रहेको छ । जितपुरसिमरा उपमहानगरपालिका–१ सिमरा विमानस्थलबाट बब्लुलाई नेपालमा प्रतिबन्धित २ हजार दरले १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित […]
न्यूजमधेश डेस्क काठमाडौं,९ माघ । चिकित्सा शिक्षा आयोगले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । आइतबार भएको प्रवेश परीक्षामा अर्कै विद्यार्थीको नाममा परीक्षा दिँदै गरेको भटिएपछि कलंकीको एलआरआई स्कुलबाट भारतीय नागरिक जितेन्द्रकुमार मिश्रा पक्राउ परेका छन् । मिश्रलाई सहयोग गर्ने अर्को भारतीय नागरिक बिहारका शशिभुषण सिंह पनि पक्राउ परेको केन्द्रीय अनुसन्धान […]
जनकपुरधाम, ९ माघ । डा. सि. के राउत नेतृत्वको जनमत पार्टीले आज (आइतवार) नाङ्लो जुलुस प्रदर्शन गर्ने भएको छ । किसानहरुको मागलाई नेपाल सरकारले हालसम्म बेवास्ता गर्नुका साथै आन्दोलनमाथि दमन गर्न खोजेकाले आन्दोलनलाई निरन्तरता दिएकाे हाे । पार्टीले किसानहरुको विभिन्न माग राख्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् । पार्टीले आह्वान गरे अनुसार स्थानियतहमा हिजो (शनिवार) […]
न्यूजमधेश डेस्क जनकपुरधाम,७ माघ । धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको भन्दै स्थानीय प्रशासनले कडाई गर्ने भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मास्क लगाउन दुई दिन चेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए । शुक्रबार र शनिबार चेतनामूलक […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ माघ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके. राउतलाई हत्याको चेतावनी दिँदै भौतिक पूर्वाधार मन्त्री तथा समाजवादी पार्टीकी नेतृ रेणु यादवले डेढ दशकअघिको गौर हत्याकाण्डलाई सम्झाएकी छन् । स्मरणीय यो छ कि गौर हत्याकाण्ड पनि रेणुकै पुरानो पार्टी मधेसी जनअधिकार फोरमले मच्चाएको थियो । २०६३ सालको चैत ३ गते भएको रौतहटको गौरमा भएको […]
न्यूजमधेश डेस्क काठमाडौं,६ माघ। जनमत पार्टीले अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । पार्टीका उपाध्यक्ष ई. दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति आपत्त जनाउँदै बर्खास्त गर्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ ५ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ माघ ।पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेको छ । चिसोको कारण तीन जनाको मृत्यु भएको छ । चिसोको कारण […]