न्यूजमधेश डेस्क जनकपुरधाम,९ पुष । सिरहाको औरही गाँउपालिकामा किसानहरुले तालाबन्दी गरेका छन् । गहुँको बीउ लुटेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेपछि किसानहरूले गाउँपालिकामा ताला लगाएका हुन् । तीन दिनअगाडि गाउँपालिकामा भण्डारण गरिएको साढे तीन सय बोरा गहुँको बीउ किसानहरुले लगेको थियो ।गाउँपालिकाको गहुँको बीउ चोरी गरेको आरोपमा कडहरबाका मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेपछि किसान आन्दोलित […]
जनकपुर, ९ पुष । रौतहटमा घुर सल्किएर आगलागी हुदाँ ७ वटा चौपायाको मृत्यु भएको छ । मौलापुर– ३ स्थित बैधनाथ साह कानुको गोठमा गएराति बालिएको घुरबाट आगलागी भएको हो । आगलागीले गोठमा रहेको दुई वटा पाडी, दुई बाख्रा, एउटा भैंसी र दुई वटा खसीको जलेर मृत्यु भएका छन् । चौपाया, गोठ र गोठभित्र रहेको अन्न, […]
जनकपुर । धनुषामा विद्यार्थी जनमत संघको ४१ सदस्यीय इकाइ कमिटी गठन गरिएको छ । जिल्लाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित श्री फकिर चन्द्र गामी उच्च माध्यमिक विद्यालय बरकुर्वामा विद्यार्थी जनमत संघको ४१ सदस्यीय इकाइ कमिटी गठन गरेको हो । सोहि समितिको अध्यक्षमा बिकी कापर, उपाध्यक्षमा अल्का महतो, सन्ध्या यादव, किशन यादव, सचिवमा मनोज ठाकुर, सहसचिवमा आनन्द साह, […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुष । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुष । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सुरू भएको छ । मतदान आज विहानदेखि जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच सुरु भएको हो । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका थिए । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,७ पुष।राप्रपा सर्लाही जिल्लाका पुर्व प्रमुख प्रमोद कुमार झा जनमत पार्टीमा प्रवेश गरेका छ्न। बुधबार जनकपुरधाम स्थित जनमत पार्टीका केन्द्रिय सचिवालयमा पुगेर राप्रपाका नेता प्रमोद कुमार झाले विविध रूपमा पार्टी प्रवेश गरिएको छ। सोही क्रममा जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा सीके राउतले पार्टीको सदस्यता प्रदान गर्दै जनमत पार्टीमा स्वागत गरेका हुन। पार्टी प्रवेश […]
न्यूजमधेश डेस्क कञ्चनपुर ,६ पुष । पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ पुष। नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि सङ्घीय राजधानी काठमाडौँमा रहेका केन्द्रीय नेता जनकपुरधाम आइपुगेका छन् । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापतिका लागि कांग्रेस […]