१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

समाचार

विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान

न्यूजमधेश डेस्क काठमाडौं ,३ श्रावण । नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई निर्देश (ह्वीप) जारी गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ श्रावण । जनकपुर – जनयनगर रेलवे सेवाको ट्रयाक स्पिड परिक्षण गरिएको छ । भारतबाट रेल खरिद गरेर ल्याएको १० महिनापछि ट्रयाक स्पिड परिक्षण गरिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भटटराईले जनकपुर जयनगर रेल्वे सेवा संचालनका लागि आइतबार रेल्वेको ट्रयाक ट्रयाक स्पिड परिक्षण गरिएको जानकारी दिनुभयो । उहाँले केही प्राविधिक […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ श्रावण । जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक […]

न्यूजमधेश डेस्क सुनसरी ,२ श्रावण । सुनसरीको कोशी गाउँपालिका–५ बाट कटुवा पोस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी विध्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएको थियो । सोही विषयमा दाजु विद्यानन्दले प्रहरीमा उजूरी दिएका अधारमा गएको […]

न्यूजमधेश डेस्क याङ्गुन, २ श्रावण । म्यानमारलाई तीन हजार टन तरल अवस्थाको अक्सिजन चीनबाट प्राप्त भएको छ । देशको दोस्रो ठूलो सहर मण्डलायमा यति ठूलो मात्रामा अक्सिजन प्राप्त भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । म्यानमारमा रहेको चिनियाँ दूतावासले पनि चीनबाट म्यानमारमा तीन हजार टन अक्सिजन ल्याइएको जानकारी दिएको छ । म्यानमार सार्वजनिक कल्याण सङ्गठनले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ श्रावन । प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चरमन्त्री भरतकुमार साहलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्री पदमा नियुक्त गर्नुभएका नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा शपथ गराउनुभएको हो । सोही […]

न्यूजमधेश डेस्क काठमाडौं,२ श्रावण । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुु¥याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु […]

न्यूजमधेश डेस्क महोत्तरी ,२ साउन । महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराउनुभएको हो । नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराउनुभएको कार्यालयका प्रमुख प्रशासकीय […]