०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

समाचार

रेडियो मधेशको स्टेसन म्यानेजरमा अधिकारी नियुक्त

न्यूजमधेश डेस्क जनकपुरधाम, ३१ असार । रेडियो मधेशको स्टेशन म्यानेजरमा सौगात अधिकारी नियुक्त भएका छन् । जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइ स्थित रहेका सामुदायिक रेडियो मधेश १०६.६ मेगाहर्जले रेडियोको स्टेसन म्यानेजरमा अधिकारीलाई नियुक्त गरिएको हो । विगत १० वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहेका अधिकारी २०६८ सालमा जानकी एफएमबाट आफ्नो पत्रकारिताको यात्रा शुरु गरेका थिए […]

कमल कुमार मण्डल सप्तरी, ३० असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालयमा जनमत पार्टीले विभिन्न शिर्षकमा सुचना तथा विवरणको प्रतिलिपि माँग गर्दै आज (बुधवार) निवेदन पेश गरिएको छ । आर्थिक वर्ष २०७६/२०७७ र २०७७/२०७८ मा नगरपालिकामा भएको विभिन्न कार्यक्रम तथा योजनाको आयोजनाहरुको नाम सहित सञ्चालन हुने स्थानको विवरण, खर्च रकमको श्रोत सहित सुचना तथा विवरणको प्रतिलिपि […]

न्यूजमधेश डेस्क काठमाडौं, ३० असार । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको अप्पन टेलिभिजनका समाचार प्रमुख अजय साह शिवाली र काठमाडौंमा रहेका आयोमेलका सम्बादाता शिव अधिकारी `यदुवंशी´सहित चार पत्रकारलाई नेपाल सरकारले युवा पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरेको छ । संघीय युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालयमा बुधबार एक कार्यक्रम गरी पत्रकारहरू शिवाली, डोलराज रानाभाट, […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन उनका कार्यकर्ताहरुले पटाखा पट्काएर सर्वसाधारणलाई कुटपिट गरि गम्भीर घाइते बनाएका छन्। देउवा प्रधानमन्त्री बनेकै दिन रौतहटको राजपुर नगरपालिकामा उनका समर्थकहरुले पटाखा पट्काएर स्थानीयवासीलाई हैरान पारेका हुन्। पटाखाले राजपुर नगरपालिकाका स्थानीयवासीलाई अफ्ठ्यारो भइ रहदा केही स्थानीय घर आसपास पटाखा नपट्काउन भन्न जाँदा आफताब […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३० असार। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामस्थित रहेका जानकी बृद्धाश्रममा अन्नपूर्ण रियल स्टेटले खाद्यान्न सामग्री सहयोग गरेको छ । बुधबार अन्नपूर्ण रियल स्टेटका संचालक दिनेश साहको अध्यक्षतामा एक कार्यक्रम विच खाद्यान्न सामग्री सहयोग गरको हो ।बृद्धाश्रममा रहेका २० जना बृद्ध आमाहरुका लागि सो संस्थाका संचालन साहले खाद्यान्न सामग्री सहयोग गरेको हो […]

न्यूजमधेश डेस्क महोत्तरी ,३० असार । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही […]

न्यूजमधेश डेस्क कञ्चनपुर ,३० असार । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र उपलब्ध गराएको छ । निर्देशनालयको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कृषि यान्त्रिकीकरण अनुदान सहयोग कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र तथा उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो । किसानलाई पावर ट्रिलर, मिनी […]

न्यूजमधेश डेस्क काठमाडौं ,३० असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन् । मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन । नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू ९माधव नेपाल समूह०, […]