१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

समाचार

जनकपुरधामको ऐतिहासिक मन्दिर कुपेश्वरनाथमा चोरी

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ जेष्ठ। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा रहेको ऐतिहासिक शिव मन्दिरमा गए राति चोरी भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं। १२ स्थित रहेको कुपेश्वरनाथ महादेव मन्दिरबाट शिवलिंगमा रहेको चाँदीको नाग र दान पेटिकामा रहेको पैसा चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नयाव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । राति […]

न्यूजमधेश डेस्क सिरहा,१५ जेष्ठ। सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गोलबजार नगरपालिका २ तेतरिया सुनुवारटोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया सरिता देवि सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यलाय गोलबजारले जनाएको छ । झगडापछि सुतेका उनी विहान मृत्यु भएको अवस्थामा देखिएको थियो । मृत्युभएको हल्ला चेलेपछि गाउँलेले प्रहरीलाई खवर गरेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । नेपाल स्काउटले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षात्मक क्रियाकलापलगायत विभिन्न सामाजिक गतिविधिलाई अभियानकै रुपमा जारी राखेको छ । गतवर्ष महामारी शुरु भएपछि स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन शुरु गरेको तथा […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ जेष्ठ । विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्। मन्त्री ज्ञवालीले नेपालमा खोप निर्यात गर्ने देशहरूले १० […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चौधौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ जेष्ठ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख ११ […]

न्यूजमधेश डेस्क काठमाडौं, १४ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ४३० जना कैदीबन्दीको सजाय माफ गरिन्। मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा २७६ लगायत फौजदारी कसुर ऐन, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति ०७७ साउन १९ मा भएको परमादेशलगायतका आधारमा कैदीबन्दीको सजाय माफ गरियो। यस्तो सूचीमा जनता समाजवादी पार्टी (जसपा) का निलम्बित […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । दर्ता भएको सवारी साधनको सङ्ख्या ३९ लाख ८७ हजार २६७ पुगेको छ । आज जारी आर्थिक सर्वेक्षणमा चालु आवको फागुनसम्ममा थप एक लाख ५० हजार ७६५ नयाँ सवारी साधन दर्ता छन् । गत आवको अन्त्यसम्ममा ३८ लाख ३६ हजार ५०२ सवारीसाधन दर्ता थिए । तीमध्ये मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी […]