१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

समाचार

बेलायतका प्रधानमन्त्री जोन्सनको विवाह

न्यूजमधेश डेस्क लण्डन, १६ जेष्ठ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गर्नु भएको छ । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उहाँले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गर्नु भएको हो । उहाँहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिनु भएको जनाइएको छ । उहाँहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ ।जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको अन्तिम संघारमा पुगेको छ। अध्यक्षहरूबीच स्पष्टीकरण ‘युद्ध’ सुरू भएसँगै जसपा विभाजनको डिलमा पुगेको हो। दुवै अध्यक्षले एक अर्कालाई २४ घण्टाको अल्टिमेटम दिँदै सोधेको स्पष्टीकरणको म्याद आइतबार सकिँदैछ। तर, दुवै जवाफ नदिने ‘मुड’ मा देखिएका छन्। ८ जेठमा जसपा अध्यक्ष उपेन्द्र यादवले तीन दिनको अल्टिमेटम दिँदै […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा)को दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् । यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि […]

न्यूजमधेश डेस्क काठमाडौं ,१६ जेष्ठ । नेपाल इराकसँग भारी अन्तरले पराजित भएको छ। शनिबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६-२ ले पराजित भएको हो। इराकको बसरामा आयोजित खेलमा सातौं मिनेटमा इराकले अग्रता बनाएको थियो। उसका लागि कप्तान अला अब्दुल जहर खासिनले गोल गरे। तर, त्यसको एक मिनेटपछि नै इराकका अहमद इब्राहिमले आत्मघाती गोल गरेपछि […]

दिपेन्द्र अधिकारी काठमाडौं,१५ जेष्ठ । सरकारले आगामी आर्थिक बर्षका लागि सबैभन्दा धेरै शिक्षा क्षेत्र तर्फ बजेट विनियोजन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तेस्रो आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । गत आर्थिक वर्षमा विनियोजित ६ अर्ब रुपैयाँ पनि […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । भारतको सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) विदेश विभाग प्रमुख विजय चौठाइवालेले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आफ्नो असफलताका लागि अरूलाई दोष दिइरहेको टिप्पणी गरेका छन्। चौठाइवालाले अन्य कम्युनिस्टजस्तै आफ्नो असफलताका लागि बाबुरामले अरूलाई दोषारोपण गरिरहेको बताएका हुन्। नेपालको घरेलु राजनीतिमा कुनैपनि कुरा गर्न स्वतन्त्र रहेपनि […]

न्यूजमधेश डेस्क भारत ,१५ जेष्ठ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । यसअघि दैनिक तीन […]

न्यूजमधेश डेस्क सर्लाही ,१५ जेष्ठ। सर्लाहीमा केही दिन देखि भईरहेको निरन्तर वर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी हैरान भएका छन् । करिव ५१ किलोमिटर लामो सिमा क्षेत्र रहेको सर्लाहीमा ११ वटा बोर्डर आउट पोष्ट बिओपी रहेको छ । सशस्त्र प्रहरीका ६ वटा नयाँ भवन कार्यालय छ भने ५ वटा पुरानो तथा जीर्ण भवन रहेको […]