दुर्गा देवकोटा कैलाली ,१४ जेष्ठ । कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महिनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध बिक्री नभएपछि गाइ भैँसीपालक किसान भने मर्कामा परेका छन् । जिल्लामा १५० गाई, भैँसीपालन फार्म छन् भने असङ्गठितरुपमा भैँसीपालन गर्नेहरु त हजारौँ किसान छन् […]
न्यूजमधेश डेस्क कैलाली ,१४ जेष्ठ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत दुई सातामा १३८ पिन्ट रगत जमा भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले आयोजना गरेको रक्तदान कार्यक्रमको चौधौँ दिनमा आज १३८ जनाबाट १३८ पिन्ट रगत जम्मा भएको महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिनुभयो […]
न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताउनुभएको हो । खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ ।प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको चरणमा प्रवेश गरेको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक–अर्कालाई स्पष्टीकरणपत्र पठाउँदै कारबाहीको तयारी गरेपछि जसपाको संकट विभाजनउन्मुख बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा दिपेश शाहीले लेखेका छन्। मंगलबार […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ ।भारतमा विध्वंस मच्चाएको शक्तिशाली चक्रवात यासको प्रभावले केही दिनयता नेपालमा वर्षा र हिमपात जारी छ। यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखामा कार्यरत मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार रातिदेखि वर्षा भइरहेको छ। यसबीच कतिपय स्थानमा भारी वर्षासमेत भएको छ। अहिले […]
न्यूजमधेश डेस्क रुपन्देही,१२ जेष्ठ । रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलबार साँझ पक्राउ गरेको छ। गन्धर्वले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। सो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस […]
न्यूजमधेश डेस्क दाङ,१२ जेष्ठ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सवार कार दाङमा दुर्घटनामा परेको छ । अध्यक्ष पोख्रेलको प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा पोखरेलसहित दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए । गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी […]