न्यूजमधेश डेस्क विराटनगर ,७ जेष्ठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित लोचनीमा सुतेकै ठाउँमा एक पुरुषको हत्या भएको छ। शुक्रबार बिहान विभत्स हत्या भएको अवस्थामा पुरुषको शव फेला परेको हो। घाँटीमा धारिलो हतियारले प्रहार गरेर विभत्स हत्या गरिएको अवस्थामा ४० वर्षीय विष्णु ऋषिदेवको शव ओछ्यानमा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार […]
न्यूजमधेश डेस्क महोत्तरी,७ जेष्ठ । महोत्तरीको सोनमा गाउँपालिका– ४ खेस्राहा गाउँका एक बालक विगत ४ दिनदेखि बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार स्थानीय शत्रुधन महतोका छोरा छ वर्षीय युवराज महतो मङ्गलबार बिहानदेखि बेपत्ता भएका हुन् । मङ्गलबार बिहान आफ्नै घर अगाडि खेलिरहेका बालकलाई आफूले प्रष्टसँग हेर्न नसकेको […]
न्यूजमधेश डेस्क काठमाडौं,७ जेष्ठ । जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । जसपा नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको बताए । उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्षका नेताहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् । राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ जेष्ठ । एक जनाको बिहे एक पटकमा एक जनासँग मात्र हुन्छ । यो सन्सार भरीकै मान्यता हो । तर कहिलेकाँही नसोचेको घटना पनि हुने गर्छ । प्रेम गरेको ब्यक्ति अर्कै मान्छेसँग बिहे गर्न जान लागेको थाहा पाएपछि भएको बवालले भारतमा अनौठो रुप लिएको छ । भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको […]
न्यूजमधेश डेस्क काठमाडौं,६ जेष्ठ । विहिवार हेटौंडामा भएको राष्ट्रिय सभा निर्वाचनमा अन्तत डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई हराएका हुन् । एमालेकै माधव कुमार नेपाल समुहले सहयोग नगर्दा वादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका हुन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ जेष्ठ । प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिनुभएको छ । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएअनुसार उहाँ यहाँको श्रीदल गुल्म […]
न्यूजमधेश डेस्क परासी ,६ जेष्ठ । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोइरीले यतिबेला तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य हुनुभयो । दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उहाँ बताउनुहुन्छ । […]
न्यूजमधेश डेस्क कैलाली,६ जेष्ठ । जिल्लाको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा हुनुहुन्छ । तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी बारीमै सडिरहेका छन् । करेला, तनेबोडी, लौका, फर्सी, काँक्रा, गोलभेडा […]