१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

समाचार

निषेधाज्ञाका कारण निर्माण क्षेत्र समस्यामा

न्यूजमधेश डेस्क काठमाडौं ,१६ बैशाख । कोरोना भाइरस ( कोभिड—१९ ) का कारण गतवर्ष झैँ यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण क्षेत्र समस्यामा पर्नेभएको छ । व्यवसायीले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ बैशाख । धनुषाका एक युवा एवं विद्यार्थी नेताले आफ्नो जन्मदिनमा बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका छन् । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिने, महंगो केक काट्ने, साथीभाई जम्मा गरि भोजभत्तेर समेत आयोजना गरी फजुल खर्च गर्ने क्रम बढी रहेकै बेला जिल्लाको विदेश नगरपालिकाका एक युवा नेताले भने आफ्नो जन्मोत्सवमा सामाजिक […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ बैशाख । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो । मंगलबार नेपाली बजारमा छापावाल सुन तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने तोलामा सात सय रुपैयाँ घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ बैशाख । सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार दिएका हुन्। गुरुङका अनुसार जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिइएको छ। जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ बैशाख । संघीय सांसद प्रदिप यादवले एम्बुलेन्स तथा शव वाहन हस्तान्तरण गरेका छन् । आफ्नो संसदीय विकास कोषबाट खरिद गरिएको शव वाहन वीरगञ्ज महानगरपालिकामा उद्घाटन गरी हस्तान्तरण गरेका हुन् । आज एक कार्यक्रमकाबीच एम्बुलेन्स शव वाहन उपलब्ध गराइएको सांसद यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

न्यूजमधेश डेस्क काठमाडौं ,१५ बैशाख । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनको शरिरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पता भर्ना गरिएको हो । सामाजिक सञ्जालमा लेख्दै उनकी प्रचण्ड छोरी गंगा दाहालले सामाजिक सञ्जालमा लेख्दै दुई दिनदेखि शरिरमा सोडियमको मात्रामा कमि र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ बैशाख ।गल्फ सेवा समाज संस्था दोहा कतारले एक जना परालाइसिस पीडितलाई आर्थिक सहयोग गरेका छ्न। धनुषाको जनकनन्दनी गाउँपालिका २ बल्हागोठका परालाइसिस रोगबाट पीडित हसन मन्सुरीलाई गल्फ सेवा समाजले १५ हजार आर्थिक सहयोग गरेको छ । मंगलबारको पीडित मन्सुरीकै घर पुगेर समाजका प्रतिनिधि सहन्सा मन्सुरी र अमरुल्लह राईनले रकम हस्तान्तरण गरेको छ। समाजका […]

न्यूजमधेश डेस्क सप्तरी ,१४ बैशाख । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो । सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया […]