१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

समाचार

कमला २ मा जनमतको प्रथम वडा अधिवेशनबाट अध्यक्षमा महतो चयन

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाले कमला नगरपालिका वडा नम्बर  २ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिवार नगरपालिकाको वडा नम्बर २ स्थित माचीमा प्रथम वडा अधिवेशनबाट सुनिल महतोको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सो वडा कार्यसमितिको महिला उपाध्यक्ष रेणु देवी ,उपाध्यक्षमा संजय कुमार […]

न्यूजमधेश डेस्क सप्तरी ,३ बैशाख । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने […]

न्यूजमधेश डेस्क महोत्तरी ,३ बैशाख । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । मङ्गलबार […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ बैशाख । मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवद्र्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले चुनढुङ्गा, तामा, मार्बल, बालुवा र कावालीन उत्खनन तथा अन्वेषणणका लागि बोलपत्र […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ बैशाख ।लेवनानमा शान्तिस्थापनाका लागि तैनाथ बर्दबहादुर गणले आफ्नो कार्यक्षेत्रका वातावरण संरक्षणका लागि बिरुवा रोपणका साथै अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ शान्ति सैनिक पूर्वी क्षेत्र कमाण्डर सहायकरथी जाभेर मिरागया प्रीइटोले शुभारम्भ गर्नुभएको ‘ब्लु टु ग्रीन क्याम्पियन’ लाई उक्त गणले निरन्तरता दिइरहेको छ । […]

न्यूजमधेश डेस्क सुर्खेत, २ वैशाख। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एकजना युवकको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका -८, स्थित कभर्डहल अगाडि खुल्ला चौरमा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार शव चिङ्गाड गाउँपालिका-६, घर भई हाल वीरेन्द्रनगर-१२ स्थित भावर टोलमा बस्दै आाएका […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ बैशाख । अमेरिकाको मिनसोटामा एकजना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएको प्रहरी अधिकारी किम पोटरलाई अब गैरन्यायिक हत्या ९सेकेन्ड डिग्री म्यानस्लटर० को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएको बीबीसीले जनाएको छ । २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको पोटरले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई . बसन्त कुशवाहाले तराई मधेशमा मनाइने जुडशितल र मुस्लिम धर्मावलम्बीको महान रमजान पर्वसमेतको शुभकामना व्यक्त गरेका छन् । तराई मधेशमा मनाइने जुडशितल र मुस्लिम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै उपाध्यक्ष ई. कुशवाहाले जनमत पार्टीमा […]