०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाचार

नव निर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराईले लियो आज शपथ ग्रहण

न्यूजमधेश समाचारदाता काठमाडौं,१ पुस। गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो […]

धीरज काेरी कपिलवस्तु ,१पुस। कपिलवस्तु नगरपालिका वडा-३ भिक्षु चाैकमा अस्थायी प्रहरी विट काे उद्घाटन गरिएको छ। कपिलवस्तु जिल्लाकाे प्रहरी उपरीक्षक दिप शमशेर जबरा र कपिलवस्तु नगरपालिका का प्रमुख किरन सिहले मिलेर उद्घाटन गरेका छन्। उद्घाटन मा सुदीप पाैडेल,राम भजन कलवार,प्रकाश गैरे र शिव कुमार पाण्डे वडा अध्यक्ष लगायत र प्रहरी अन्य व्यक्तिहरु काे उपस्थिति रहेको […]

न्यूजमधेश समाचारदाता गौर,१ पुस।प्रदेश २ का रौतहट जिल्लामा एक सामुदायिक विद्यालयमा तोडफोड भएको छ। रौतहटको गरुडा नगरपालिका वडा नं २ श्री माध्यमिक विद्यालय गेडही गुठ्ठिमा विद्यार्थीहरुद्वारा आइतबार तोडफोड गरेका हुन् । विद्यालयले वितरण गर्ने छात्रवृत्तिलगायत आर्थिक हिनामिना गरेको तथा कक्षाको रोल नम्बर तलमाथी गरेको बिषयलाई लिएर आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेका हुन । सात कक्षादेखि नौ […]

न्यूजमधेश समाचारदाता काठमाडौँ,१ पुस।बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन् । न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो । राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २१ असोजमा एक लाख ४० रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको […]

न्यूजमधेश समाचारदाता काठमाडौं,३० मंसिर।प्रतिनिधिसभाका सांसदहरुलाई ६ करोड दिने बजेटको व्यवस्थालाई चुनौती दिँदै नेपाली कांग्रेसका तीन सांसद अदालत पुगेका छन् । यस आर्थिक वर्षको बजेटमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसदहरुलाई ६ करोड दिने व्यवस्था गरिएको थियो । सर्वत्र आलो चना हुँदाहुँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई खुसी बनाउने ६ करोडको स्थायीय पूर्वाधार साझेदारी कार्यक्रम ल्याएका थिए । प्रतिनिधिसभामा […]

न्यूजमधेश समाचारदाता चितवन,३० मंसिर।नेपालमा अहिले देह व्यापार डरलाग्दो तरिकाले बढ्दै गइरहेको छ । सरकारले सञ्चालन गर्न कानुनी रुपमा मान्यता नदिए पनि मान्छेहरु खाजा घरका नाममा पनि यस्तो कार्य गर्दै आइरहेका छन् । यस्तै, युवतीहरुलाई जबर्जस्ती धन्दामा संलग्न गराएको आरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा […]

न्यूजमधेश समाचारदाता जमकपुरधाम,३० मंसिर। हुलाकी राजमार्ग अन्तर्गत धनुषाको देउरी पर्वहाको विचमा मोटरसाइकल दुर्घटना चलकको मृत्यु भएको छ। जनकपुरबाट पुर्व तर्फबाट जादै गरेको ज.९ प ८५६५ नम्बरको होन्डा साइन मोटरसाइकल औरही गाउपालिका २ देउरी पर्वहाको विचमा दुर्घटना भएको छ। दुर्घटनामा परि कनरपट्टी घर भएको अन्दाजी २५-३० वर्षीय बिनोद यादवको मृत्यु भएका प्रत्यक्षदर्शी रघुविर दासले जानकारी दिएको […]

न्यूजमधेश समाचारदाताजमकपुरधाम,३० मंसिर। हुलाकी राजमार्ग अन्तर्गत धनुषाको देउरी पर्वहाको विचमा मोटरसाइकल दुर्घटना चलकको मृत्यु भएको छ।पुर्व तर्फबाट आउदै गरेको ज.९ प ८५६५ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ।थप विवरण आउन बाकी छ।