३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

बिदेहका ई.अधिकारी जनमत प्रवेश

जनकपुरधाम । धनुषाको बिहेद नगरपालिकाका ईन्जिनियर जयनाथ अधिकारी जनमत पार्टी प्रवेश गरेका छन् । बिहीबार जनमत पार्टी जनकपुरधामस्थित रहेको सचिवालयमा ईन्जिनियर अधिकारीलाई पार्टी प्रवेश गराइएको छ। ईन्जिनियर अधिकारीलाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पार्टीको सदस्यता प्रदान गर्दै उनलाई पार्टीमा भित्र्याएको छ। पार्टी प्रवेश गरेका ईन्जिनियर अधिकारीलाई जनमत पार्टीकी केन्द्रिय […]

कतार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत कतार आइपुगेका छन् । आइतबार बेलुका अध्यक्ष डा.राउत नेपालबाट कतार आएको छ।उनलाई कतारको विमानस्थलमा यहाँ रहेका नेपालीहरुले भव्य स्वागत गरेका हुन। गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष डा.राउत कतार आएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए । भोलि १३ फरवरी […]

जनकपुरधाम । तेस्रो मुलुकबाट मालसामान ल्याउन र लैजानका लागि भारतको जयनगरदेखि जनकपुरधामसम्म मालवाहक रेल सेवा सञ्चालन गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले माग गरेको छ । संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा व्यापारीहरूले आइतबार नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्धक निरञ्जन झालाई ज्ञापन पत्र बुझाउँदै मालवाहक रेल सञ्चालन गर्न माग गरेको हो । यात्रुवाहक रेलमा पनि मालवाहक बोगी […]

विराटनगर । सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कारपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो । […]

सिरहा। कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही गाउँपालिका – ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव छन् । उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका ७ बाट पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।उनको उक्त स्थानमा डेरा गरी बस्ने […]

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ । महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी शनिबार दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वरमा दुर्घटना भएको हो । गाडी पल्टिए पनि मानवीय क्षति हुनबाट जोगिएको छ । दैलेखमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटनका लागि जाँदै गर्दा महासचिव पोखरेल चढेको स्कोरपियो जिप […]

सप्तरी। बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागार कार्यालय सप्तरी, राजविराजको थुनामा रहेका बन्दी मृत फेला परेका छन्। राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आइतबार मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए। उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आइतबार बिहान फेला परेको हो। गत […]

विपिन यादव जनकपुरधाम । इलाका प्रहरी कार्यालय (इप्रका) यदुकुहाको पहलमा दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको छ । रातिका बेला भिजिबिलिटी कम हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको हो । इलाका प्रहरी कार्यालय यदुकुहाका निरीक्षक चन्द्रकिशोर साहले यदुकुहा–कमला सडकमा रहेको पुलबाट सवारीसाधर्न र ससाना बालबालिकाहरू झर्ने अत्यधिक जोखिम […]