१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

कटहरीयामा महिला बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन

दिपेश कुमार शाह रौतहट । रौतहटको कटहरीयामा महिला बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन गरिएको छ । कटहरीया नगरपालीका वडा नं १ भसेरवामा सहकारीको उद्घाटन गदै कटहरीया उप नगर प्रमुख रीता देबी यादवले ग्रामीण क्षेत्रमा निष्क्रिय रहेको पूँजीलाई संकलन गरी आर्थिक विकासमा लागनी गर्न सहयोग पु¥याउने बताए । उनले संस्थालाई प्रभावकारी ढङगले सञ्चालन गर्नका लागि सुशासन आवश्यक […]

सिरहा । सुखीपुर नगरपालिका-९ का बुधराम मण्डलकी छोरी कुमारी ज्योतिको विवाह खर्च जुटाउन गणेश इँटा उद्योग सुखीपुरका सञ्चालक समाजसेवी रामचन्द्र साहले ६१ हजार नगद र एउटा ग्यास चुलो सहयोग स्वरूप उपलब्ध गराएको छ। तराई मधेशमा दाइजो प्रथा र तडकभडकको साथ विवाह गर्ने प्रथा झाँगिदै गइरहेकाले अभिभावकलाई ठुलो समस्या पर्ने गरेको छ । इँटा उद्यमीको सहयोग […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]

सप्तरी । प्रहरीले एउटा बन्दुक र ४१ राउन्ड गोलीसहित सप्तरीबाट एक जनालाई नियन्त्रणमा लिएको छ। हनुमाननगर कंकालिनी नगरपालिका-२ स्थित कोशी बाँधछेउमा जंगली जनावरको सिकार गरिरहेका राजविराज-५ का शैलेशकुमार झालाई हतियारसहित नियन्त्रणमा लिएको हो । पक्राउ गरिएका झाले सिकार गरेका दुई जंगली जनावरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सिकार गरिएका जंगली जनावर हरिन भएको खुलेको […]

जनकपुरधाम।मधेस प्रदेशको सर्लाही जिल्लाको हरिवनबाट नक्कली नेपाली नोट र लागु औषधसहित २ जना पक्राउ परेका छन्। हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो सर्लाही प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने […]

राजविराज । जनता समाजवादी (जसपा) नेतृत्वको मधेश सरकार भ्रष्टाचार र कमिसनको खेलमा लिप्त रहेकाले आफ्नो पार्टी सरकारबाट बाहिरिएको जनमत पार्टीले जनाएको छ । जनमत पार्टीबाट सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश यादवले बिहीबार नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोजकुमार यादव र अर्थ मन्त्री संजय यादव भ्रष्टाचार र कमिसनको खेलमा लिप्त […]

सर्लाही । सर्लाही जिल्ला स्थित विभिन्न नाका अहिले तस्करीको अखडा बनेको छ । घुमुवा प्रहरी रकम असुलीमा लागेपछि र्सलाहीको नाका तस्करहरुको अखडा बनेको हो । र्सलाहीको त्रिभुवननगर नाका सहित विभिन्न नाकाबाट प्रहरीको संरक्षणमा खुलेयाम तस्करी भैरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले तस्करी रोक्न कडा निर्देशन जारी गरे पनि तस्करी रोकिएको […]

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो । सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला […]