जनकपुरधाम।मधेस प्रदेशको सर्लाही जिल्लाको हरिवनबाट नक्कली नेपाली नोट र लागु औषधसहित २ जना पक्राउ परेका छन्। हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो सर्लाही प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने […]
राजविराज । जनता समाजवादी (जसपा) नेतृत्वको मधेश सरकार भ्रष्टाचार र कमिसनको खेलमा लिप्त रहेकाले आफ्नो पार्टी सरकारबाट बाहिरिएको जनमत पार्टीले जनाएको छ । जनमत पार्टीबाट सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश यादवले बिहीबार नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोजकुमार यादव र अर्थ मन्त्री संजय यादव भ्रष्टाचार र कमिसनको खेलमा लिप्त […]
सर्लाही । सर्लाही जिल्ला स्थित विभिन्न नाका अहिले तस्करीको अखडा बनेको छ । घुमुवा प्रहरी रकम असुलीमा लागेपछि र्सलाहीको नाका तस्करहरुको अखडा बनेको हो । र्सलाहीको त्रिभुवननगर नाका सहित विभिन्न नाकाबाट प्रहरीको संरक्षणमा खुलेयाम तस्करी भैरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले तस्करी रोक्न कडा निर्देशन जारी गरे पनि तस्करी रोकिएको […]
जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो । सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला […]
रौतहट । विगत ६ महिनाको अवधिमा रौतहट प्रहरीले तीन करोड रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। गएको साउनदेखि पुस मसान्तसम्मको अवधिमा व्यापारीहरुले भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा दुई करोड ९५ लाख ३१ हजार ३३१ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बरामद सामान भन्सार कार्यालयमा बुझाइएको रौतहटकी […]
सर्लाही । सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन्। मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ । मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले […]
झापा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका– ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेबुङ घर भई हाल दमक– ७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन्। गएराति छिमेकीको घरमा जन्मदिनको भोज […]
काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गरेको हो। सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार रिक्त एक सदस्य पदमा उमाशंकरलाई नियुक्त गरिएको हो।