१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

मन्त्रीको गाडीमा आगजनी घटना: घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ। बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए।सो क्रममा बालकुमारी-ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो झडपसमेत भएको थियो। करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश […]

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले बताए । यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय युवकको मृत्यु भएको थियो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा […]

काठमाडौँ। आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ । मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् । सल्यानको सिडिओमा मन्त्रालयमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पठाइएको […]

सर्लाही । प्रहरीले अश्रुग्यास प्रहार गर्दा सर्लाहीमा एक दर्जन भन्दा बढी मिटर व्याज पीडित महिलाहरु घाइते भएकी छन् । मिटर व्याज पीडितहरु जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफूहरुको निवदनमा ढिलासुस्ती गरेको भन्दै उनीहरु धर्नामा बसेपछि प्रहरीले उनीहरुलाई तितिरबितिर पार्न आश्रुग्यास प्रहार गरेका छन् । धर्नामा बसेका मिटर व्याज पीडितहरुले प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गर्नथालेपछि प्रहरीले […]

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगुवाइमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक शुक्रबार हेटौडामा बस्दै छ । प्रदेश सरकारहरुलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने माग गर्दै मुख्यमन्त्रीहरु छलफल गर्न थालेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउनुका साथै संघ सरकारविरुद्ध आन्दोलनको चेतावनी समेत दिएका थिए । तर, ती चेतावनीबाट संघ सरकारमाथि […]

काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य गणेश गिरि जनमत पार्टीमा प्रवेश गरेका छन्। बिहिवार काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयमा पुगेर लोसपाका केन्द्रिय सदस्य नेता गिरि जनमत प्रवेश गरेका हुन् ।उनलाई पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो। साथै,अध्यक्ष डा.राउतले नेता गिरिलाई पार्टीको सदस्यतासमेत हस्तान्तरण गरेका हुन् । नेता गिरि […]

सिरहा । मिर्चैयाका होटलहरूमा अनैतिक गतिविधि बढेको जनगुनासोपछि मिर्चैया प्रहरी एक्सनमा आएको छ । प्रहरीले हिजोदेखि लगातार होटलहरूमा छापा र निगरानी गरिरहेको छ । छापाका क्रममा प्रहरीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित होटलहरूबाट बुधबार ६ जनालाई पक्राउ पनि गरेको छ । ओखलढुंगे होटलबाट दिउँसो होटल सञ्चालक र एक महिला गरी दुई जना र एभरेष्ट होटलबाट राति […]

सिरहा । सिरहाको धनगढीमाईको कृषि शाखामा स्थानिय किसानहरू खाली बोरा लिएर पुगेका छ्न। शाखाद्वारा स्थानिय किसानहरूलाई अनुदानमा वितरण गरिएको आदित्य जातको गहुँको बीउ खेतमा नउम्रिएपछि स्थानिय किसानहरू कृषक समुह महासंघका अमिरलाल यादवको नेतृत्वमा खाली बोरा बोकेर कृषि शाखामा पुगेर ज्ञापन पत्र बुझाएका छन् । धनगढीमाई नगरपालिका स्थित किसानहरूलाई वितरण गरिएको आतिथ्य जातको गहुँको बीउ नउम्रिएपछि […]