३० कार्तिक २०८२, आइतबार
16-11-2025 , Sun
×

मधेस

प्रदेश २ मा २ सय ६३ जनाले कोरोना जितेर घर फर्के

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ जेठ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित निको भएका छन् । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित विपि मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आईसोलेसन कक्षमा उपचाररत रहेका ३० जना कोरोना संक्रमितहरु मंगलबार निको भएर घर फर्केका छन् । उनीहरुको लगातार दोस्रो स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ जेठ । धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो । प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहको अनुसार घटना सबैला नगरपालिका–७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर […]

नानीमैया कटवाल सप्तरी, २७ जेठ । घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहनु भएका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १०० बटुलेर घरबाट निस्कनुभयो । २५ वर्षीया सुत्केरी श्रीमती मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ । “साहुले पैसा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेठ। जनकपुरधामका एक दम्पतिले लकडाउनका कारण समस्यामा परेका २ सय ५० परिवारलाई निःशुल्क खाना खुवाएका छन् । जनकपुरधाम उप महानगरपालिका ७ निवासी रामनारायण साह र चन्द्रकला देवीले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई खाना खुवाएका हुन् । जनकपुरधामको बिभिन्न ठाउँका विपन्नलाई दुबैले खाना खुवाए । रामजानकी तेली कुट्टीद्वारा जनकपुरधाममा संचालित निःशुल्क भोजन […]

न्यूजमधेश डेस्क जनकपुरधाम, जेठ २६ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । निर्देशक समितिको आज सम्पन्न बैठकले पिसिआर मेसिन संचालनमा रहेको जनकपुर, विरगंज र राजविराजको ल्याबमा एउटा –एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरि चारवटा पिसिआर […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २५ जेठ । दलित समुदायको उत्थान, विकास तथा समृद्धिका लागि राष्ट्रिय दलित पत्रकार संघको नेतृत्वमा आधा दर्जन दलित अगुवाहरुले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई माँगपत्र प्रस्तुत गरेको छ । इतिहासको लामो कालखण्डदेखि नेपालका दलित समुदायमाथि विभिन्न ढङ्गको जातीय विभेद तथा उत्पीडन हुँदै आएको सर्वविदितै छ । सोही […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ जेठ। भारतबाट घर आउने क्रममा जटही सिमामै प्राण त्यागेका धनुषाको शहीद नगरपालिका ९ निवासी बिरेन्द्र यादवको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । अमेरिकामा रहँदै आएका दुई जना नेपालीले यादवको परिवारका लागि तीन लाख रुपैयाँ पठाएका छन् । अमेरिकामा बस्दै आएका भीम कार्की र शंकर पन्तले ती रकम पठाएका हुन् । यी […]

न्यूजमधेश डेस्क सप्तरी,२४ जेठ । सप्तरीमा एक जना बालकको शव फेला परेको छ । हत्या गरिएको अवस्थामा बालकको शव शुक्रबार फेला परेको छ । जिल्लाको महदेवा गाउँपालिका वडा नम्बर २ अकवरपुर निवासी सूर्यनाराया यादवका ४ बर्षीय छोरा सुधीरको शव हत्या गरिएको अवस्थामा शव फेला परेको हो । मृतक बालकको अनुहारमा चोट लागेको अवस्थामा घर नजिकैको […]