०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

मधेस

मणिपालमा आइसोलेसन सेन्टर खोल्ने तयारी

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९ चैत्र । कोरोना भाइरसका संक्रमितलाई राख्न जनकपुरधामको मणिपाल टिचिङ हस्पिटलको भवनमा आइसोलेसन सेन्टर खोल्ने तयारी भइरहेको छ । शनिवार जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रिता झा र विज्ञहरुको टोलीले उक्त भवनको निरीक्षण गरेको हो । आइसोलेसन सेन्टरका लागि भवन उपयुक्त रहेको विज्ञहरुले बताएका छन् । आइसोलेसन सेन्टरका लागि जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहयोग […]

न्यूजमधेश सम्बादाता जीतपुर,८ चैत्र । प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले शुक्रबारबाट लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा टाईम कार्ड लागु गरेको छ । यस प्रदेशका ८ ओटै जिल्लाबाट शुरु गरीएको यस अभियानको क्रममा चालकलाई सार्वजनिक सवारी साधनमा डस्टबिन र आगो नियन्त्रक साधन अनिवार्य राख्नुका साथै चालक ज्याकेट लगाउन चालकहरुलाई अभिप्रेरित गरिने प्रहरी उपरिक्षक महतोले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,८ चैत्र । समाचार लेखेकै कारण पत्रकारलाई रु एक करोडसम्म जरिवाना गर्ने गरी प्रदेश २ सरकारले ल्याएको संचार सम्बन्धी विधेयकमा सांसदहरुले संशोधन दर्ता गराएका छन् । प्रदेशका आधा दर्जन सांसदहरुले उक्त विधेयक उपर संशोधन दर्ता गराएका हुन् । सत्तारुढका साथै प्रतिपक्षी सांसद समेतले जरिवाना तोकिएका दफाहरु ह्टाउनुपर्नेमा जोड् दिदैं संशोधन दर्ता गराएका […]

कमल मण्डल राजविराज ,४ चैत्र ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा नसर्ने रोग सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तिलाठी कोईलाडी गाउँपालिका स्वास्थ्य शाखाद्धारा सोमवार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको अध्यक्षतामा अयोजना गरिएको कार्यक्रममा सोहि गाउँपालिका उपप्रमुख सुचिता कुमारी यादव,गाउँपलिकाका कार्यपालिका सदस्यहरु, सम्पुर्ण वडाका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ चैत्र । प्रदेश २ को प्रदेश सभा बैठकमा सोमबार तीन वटा विधेयक पेश भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकमा तीन वटा विधेयक पेश भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई र आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट १ वटा विधेयक पेश भएको छ । आन्तरिक मामिला तथा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ चैत्र । प्रदेश २ को राजधानी र नामका लागि आज (मंगलबार) मतदान हुने भएको छ । आज बिहान ८ बजे हुने बैठकमा राजधानी र नामका विषयमा मतदान हुने भएकाले अनिवार्य उपस्थितिका लागि सभामुख सरोजकुमार यादवले सांसद्हरूलाई निर्देशन दिनुभएको छ । यसअघि, दुई पटक मतदानको मिति सारिएको थियो । चैत १ गतेका लागि […]

रंजित चौरसिया वीरगंज,३ चैत्र। समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले पर्सा क्षेत्र नं. १ को पटेल नगरमा छठघाटको शिलन्यास गरेका हुन । पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ पटेल नगरस्थित रहेको छठघाटको सोमबार एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरि शिलन्यास गरेका हुन । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम […]

न्यूजमधेश सम्बादाता राजविराज ,२ चैत्र । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं.८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्या प्रयास भएको छ । हत्या प्रयासको आरोपमा आज एक युवक पक्राउ परेका छन् । धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको जनाएको छ […]