१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

मधेस

श्रीमानले श्रीमतीलाई गरे हत्या

न्यूज मधेश,सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरि हत्या गरेको छ। कर्जन्हा नगरपालिका वडा नं.२ मा बस्ने २६ वर्षीया कबिता पासवानको बन्चरो प्रहारबाट बुधबार बिहान मृत्यु भएको छ । घरायसी विवादको कारण उनकै श्रीमान रामबाबु पासवानले मादक पदार्थ सेवन गरी बन्चरोले प्रहार गर्दा कविताको मृत्यु भएको छ । गम्भीर घाइते […]

न्यूज मधेश,जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकाको मेयर हरिनारायण महतोले पेट्रोल पम्प र हनुमान मन्दिर उदघाटन गरेका छ्न। मिथिला नगरपालिका वडा नं.९ बरहरी बजारको उत्तर पट्टीको क्षेउमा रहेको जय बजरंग डिजल सेन्टर बुधबारदेखी सञ्चालनमा आएका हुन।भने सेन्टरको प्राङ्गणमै श्री हनुमान जीको मन्दिरमा मुर्ती स्थापित गरि आजै उदघाटन समेत गरेका हुन। नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले मन्दिर र सेन्टरको […]

नितेश कुमार कर्ण, पर्सा । वीरगन्ज वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदन नव निर्मित भवनको एक समारोह बिच बुधबार उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का संसद बिमल प्रसाद श्रीवास्तवले छपकैया वडा नं.१ मा नव निर्मित भवनको रिबन काटेर आज उद्घाटन गर्नु भयो। समुदघाटन समारोहमा सांसद श्रीवास्तवले समाजमा सामुदायिक […]

न्यूज मधेश,जनकपुरधाम। प्रदेश नम्बर.२ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरमा भव्य स्वागत गरेको छ। मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका प्रदेश प्रमुख परियार बुधबार बिहान काठमाण्डौंबाट जनकपुर आएका हुन् । उनलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बिमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । […]

न्यूज मधेश,काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा मधेशी मूलकी डाक्टर रश्मी शाह सम्मानित भएकी छन् । धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रुपमा कार्यरत छिन् ।नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेका हुन ।सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् । नासाका […]

न्यूज मधेश,रौतहट । विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् । घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र राखिएको प्रत्यक्षदर्शीहरूले प्रहरीसँगको बयानमा भनेका खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली, शिव पुरीले लेखेका छन्। साक्षी १ बम विस्फोटबारे गाउँलेबाट गाइँगुइँ सुनेको थिएँ। घटनाको भोलिपल्ट इँटाभट्टा […]

न्यूज मधेश,काठमाडौं । नयाँ प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन्। आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश सरकार प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेर राष्ट्रपतिकहाँ पठाइएको थियो। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई […]

न्यूज मधेश,जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताल्चा लगाउने भनि प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयमा पुगेका ४३ जना अस्थायी शिक्षकलाई प्रहरी नियन्त्रणमा लिएको छ। प्रहरीले मुख्यमन्त्रीको कार्यालयमा पुगेका अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ जना शिक्षकलाई नियन्त्रणमा लिएको हो। कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा ४३ जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]