सप्तरी। बिगत केही दिन देखि परेको अविरल बर्षाको कारण सप्तरीको अधिकान्स क्षेत्रहरू डुवानमा परेका छ्न । बिहानदेखि परेको अविरल वर्षाले सप्तरी जिल्लाका विभिन्न क्षेत्रहरूका जनजीवन प्रभावित भएका हुन्। सप्तरीमा केही दिनयता परेको अविरल वर्षाका कारण सप्तरीको कन्चनरुप नगरपालिका, राजबिराज नगरपालिका ,हनुमाननगर कन्कालिनी नगरपालिका क्षेत्र जलमग्न भएको छ। बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या […]
सप्तरी । अनिश्चितकालीन रिले अनसनमा बसेका कोशी पीडतहरुका माग बेवास्ता गरीएका कारण ३३ दिन देखि कोशी ब्यारेजमा अनशन जारी रहेको छ । ३२ साउनदेखि रिले अनशन सुरु गरेका पीडितहरु एक महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै कोशी पीडतहरुले बुधबार आन्दोलनका नयाँ कार्यक्रमसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कोसी नदी कटान–डुबानपीडित संघर्ष समिति सप्तरी, […]
फुलगेन महतो,विराटनगर । दोस्रो अन्तर्राष्ट्रिय मगही भाषाभाषीलाई बचाउने उदेश्यले प्रदेश नम्वर १ मा दुई दिवसीय मगही सम्मेलन विभिन्न कार्यक्रमगरी मंगलबार सम्पन्न भएको छ। सोमबार प्रदेश नं.१ का समाजिक बिकास मन्त्री जीवन घिमिरे बिशिष्ठ अतिथीको रुपमा डा .उपेन्द्रनाथ वर्मा र अखिल पिछ्डा वर्गका भरत प्रसाद महतो ,मगहि भाषा साहित्यबिद पारस सिंह थियो। त्यसैगरी अतिथिको रुपमा बलदेब […]
रौतहट । जिल्लाको विभिन्न तीन स्थानमा संचालनमा रहेको मदिरा भट्टी नष्ट गरिएको छ । सोमबार रौतहट जिल्लाको विभिन्न तीन स्थानबाट घरेलु मदिरा सहित तीन वटा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको हो । जिल्लाको गौर नगरपालीका वडा नं. ६ स्थित सवगढा गाँउमा यस जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले बिभिन्न स्थानमा रहेको तिन वटा अवैध […]
विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गो नियन्त्रणका लागि विद्यालय केन्द्रित कार्यक्रम गर्न थालेको छ। पछिल्लो समय एकजना बिद्यार्थीको डेंगोको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले आदर्श माध्यमिक […]
जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका वडा नं.२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज (शुक्रबार) प्रहरीले सो घटनाबारे जानकारी गराएको हो । एक साताअघि […]
विराटनगर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत प्रमुखवक्ता रहने अन्तरक्रिया कार्यक्रम विराटनगरमा हुने भएको छ। जनमत पार्टी मोरङको आयोजनामा आइतबार विराटनगरस्थित रामजानकी सेवा सदनको सभा हलमा ‘समसामयिक राजनैतिक’ विषय अन्तरक्रिया भाद्र्क २९ गते १ बजेदेखि हुने बताएका छ्न। जनमत पार्टी मोरङले दिएको जानकारी अनुसार अन्तरक्रियाको सुरुमा डा.सीके राउतले आफ्नो मनतव्य राख्नेछन्। त्यसपछि सहभागीहरुले प्रश्न गर्न […]
बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो […]