०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

सिराहाबाट पेस्तोल, नगद र रिचार्ज कार्डसहित ३ जना प्रहरीको फन्दामा

जनकपुरधाम । सशस्त्र प्रहरीले सिराहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा- ५ का ३० […]

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ३ जमदहस्थित विद्यालयमै झुण्डिएको अवस्थामा एक शिक्षक फेला परेका छन् । सरस्वती माध्यमिक विद्यालयका शिक्षक सञ्जिव साह झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । विद्यालयका परिसरमा निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा उनी फेला परेका छन् । स्थानीयका अनुसार शिक्षक साह विद्यालय सहयोगीसँग माथि चढ्ने गेटको साँचो मागेर रिचार्ज कार्ड […]

ढल्केबर । इजरायलमा हमास समूहको आक्रमणबाट निधन भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २२ वर्षीय आनन्द साहको घरमा आफन्तको अवस्था अझै विक्षिप्त छ । पूरा परिवार अझै शोकमा छन् । आनन्दको शव पर्खिँदै दाहसंस्कार गर्ने पर्खाइमा उहाँहरु हुनुहुन्छ । इजरायलमा असोज २० गते हमास समूहको आतङ्ककारी हमलामा परी आनन्दको मृत्यु भएको थियो । मृत्युको खबर सुनेसँगै […]

जनकपुरधाम । धनुषामा भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको निर्माण कार्य अधुरो हुँदा उक्त विद्यालयहरूले थप कार्यक्रम पाउन सकेका छैन । धनुषा जिल्लाको नगराइन नगरपालिकास्थित भारतीय लगानीमा निर्माण हुन थालेको छ वटा सामुदायिक विद्यालयको भवन १२ वर्ष बित्दा पनि सम्पन्न हुन नसकेपछि विद्यालयमा आवश्यक थप शैक्षिक कार्यक्रम ल्याउन नसकिएको हो । पालिकाको ६ वटा […]

राजविराज ।सप्तरीमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जनाको संख्यामा नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। बुधबार राजविराजस्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन। नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो। सो कार्यक्रममा राष्ट्रिय […]

सिरहा । राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् । अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दुःख दिएको भन्दै एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मङ्गलवार ढुंगामुढा भएको हो ।स्थिति नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको […]

जनकपुरधाम । नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश प्रदेश र सबै स्थानीय तहमा एमालेको सरकार आवश्यक भएको बताएका छन् । एमाले मधेश प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखे ‌। उनले भने, ‘मधेशमा अहिले एमालेको जुन तागत छ, त्यो बढाउन चाहन्छु आउने चुनावबाट । एमालेको मुख्यमन्त्री […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रालय फुटाएर जनता समाजवादी पार्टी (जसपा)की सांसद सुरिता साहलाई व्यवस्थापन गरेकोमा सत्ता गठबन्धनका ५ दल असन्तुष्ट बनेको छ । मुख्यमन्त्री यादवले चार दिन अगाडी शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएका थिए । एकलौटी निर्णय गरी मन्त्रालय फोडेर मुख्यमन्त्री भारत पुगेका छन् । उनी भारत पुगिसकेपछि मात्र मन्त्रिपरिषद् […]