०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

रेशम चौधरीको रिहाइका लागि मात्रै छलफल भएको हो :नेता कर्ण

न्यूजमधेश डेस्क काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टीको नेता लक्ष्मणलाल कर्णले सांसद रेशम चौधरीको रिहाइको विषयमात्रै एमाले नेताहरुसँग कुराकानी भएको बताएका छन्। सरकारसँग वार्ता गर्न कर्ण लगायत जसपा सांसद बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। यसलाई सत्ता साझेदारीका विषयमा हेरिएको थियो। तर, सांसद कर्णले सत्ता साझेदारीका विषयमा नभएर सांसद चौधरीको […]

कमलेश ठाकुर जनकपुरधाम,२४ फागुन । २०५६ सालमा धनुषाको रमदैयालाई मेडिकल हब बनाउने बहस शुरू भयो ।कलेजका संस्थापक अध्यक्ष डा। रामानन्द सिन्हाले किसानसँग जमिन दिन आग्रह गरे । किसानले साढे सात विगाह जग्गा प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले कलेजलाई बेचे । जमिन बच्ने किसानले परिवारका एक जनालाई जागिर दिनुपर्ने शर्त राखे । शर्त स्वीकार गरेर कलेजका […]

कमल मण्डल राजविराज, २३ फागुन ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके. राउतले अहिले पनि वशांनुगत राजनितीमा भरोसा गर्नुका साथै लादने प्रयास भइरहेको बताएका छन् । सप्तरीको बोदे बसाईन नगरपालिका स्थित चन्द्रा माध्यमिक विद्यालय खेल मैदानको प्रांगनमा शनिवार अयोजना गरिएको आमसभामा उनले यस्तो बताएका हुन् । मालिक र दाससम्बन्धका कारण जनतालाई खेत जोत्न नदिने, बाटो बन्द […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ फागुन । एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार प्रदान गर्ने भएको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले बताएका छन् । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा एसिड प्रहार गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ फागुन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रथम महाधिवेशनका लागि आर्थिक सहयोगको आह्वान गरेका छन्। डा. राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरमा ऐतिहासिक प्रथम महाधिवशन गर्न लागेको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका हुन्। महाधिवेशनलाई भव्यताका साथ सफल पार्न आवश्यक सहयोगका लागि पार्टीका सम्पूर्ण सदस्य तथा आम जनसमुदायसंग अपिल […]

न्यूजमधेश डेस्क जलेश्वर ,२० फागुन । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको निलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतीबारीमा […]

न्यूजमधेश डेस्क कैलाली, १९ फागुन । जनता समाजवादी पार्टी ९जसपा० का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताउनुभएको छ । महेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले प्रतिनिधिसभा पुनःस्थापन भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । नैतिकताका आधारमा राजीनामा नदिएका ओलीलाई हटाउने तागत उहाँकै पार्टी नेकपासँग मात्रै रहेको छ, […]

राकेश गुप्ता  सर्लाही ,१६ फागुन । जिल्लाको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय साहको कोषबाट करिब ९ लाखको लागतमा बन्दै गरेको ९०÷९५ मिटर लामो, १२ फिट चौडाई र ८ इन्च उचाई भएको सडक ढलानमा १ नम्बर ईट्टा लगाउनु पर्नेमा […]