२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

समाज

जनकपुर जेसीजमा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि मेरो उम्मेदवारी : साह

जनकपुरधाम । जेसिजले मुख्यतः चार वटा क्षेत्रमा काम गर्छ । व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र हो, यद्यपी, अहिलेसम्म हामी प्रायः व्यक्तिगत विकासका कामहरूमा केन्द्रित भइरहेका छौँ । त्यसैले जनकपुर जेसीजको युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदबारी दिएको आशुतोष साहले बताए । अध्यक्षका उम्मेदबार आशुतोषले जनकपुर जेसीजमा […]

जनकपुरधाम । जनयुद्ध र जनआन्दोलनका सहिद परिवारले आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनको केन्द्रीय कार्य समिति सदस्य राजु महतोको प्रमुख आतिथ्यतामा र फतुवा विजयपुर नगरपालिकाको पूर्व उप मेयर सहिद परिवार कान्ति देवी महतोको अध्यक्षतामा आइतवार बसेको प्रथम बैठकले माइतीघर मण्डलामा आन्दोलन गर्ने चेतावनी दिएका हुन् […]

जनकपुरधाम ।रोजगारीको क्रममा नयाँ दिल्ली पुगेका धनुषाको कमला नगरपालिका -४ सघाराका ४४ वर्षिय रलियास कबाडी ११ दिनदेखि सम्पर्क विहिन भएका छ्न। उनको परिवारजनका अनुसार सम्पर्क विहिन भएका कबाडी नयाँ दिल्लीबाट घर फर्किने क्रममा उनले सम्पर्क विहिन भएका हुन। कबाडी १ जनवरीबाट उनले घर परिवारको सम्पर्कमा आउनसकेका छैनन् ।उनलाई खोजतलास गर्न दिन सबैमा उनको परिवारजनले अनुरोध […]

जलेश्वर । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द […]

जनकपुरधाम । सिरहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो। पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।सोमबार साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा […]

जलेश्वर । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार […]

जनकपुरधाम । धनुषामा प्रहरीले गाँजा खेती नष्ट गरेको छ । प्रहरीले धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ फुलवरीया र वडा नम्बर ५ बनरझुलामा गाँजा खेती नष्ट गरेको हो । आइतबार ईलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षक रामकुमार भट्टको कमाण्डमा खटेको प्रहरीको टोलीले स्थानीय व्यक्तिहरुको अन्दाजी दुई कट्ठा जग्गामा आफै उम्रेको गाँजाको बोट नष्ट गरेको जिल्ला […]

सर्लाही । ​जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरेको छ । यही पुस २० गते शुक्रवार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू […]