२३ मंसिर २०८१, सोमबार
09-12-2024 , Mon
×

कमला नगरपालिका

कमला नगरपालिकाद्वारा स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड पारित

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड २०८१ परित गरेपछि जग्गा वर्गीकरण कित्ताकाट हुने भएको छ । सरकारले जग्गा वगीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेसंगै जग्गा वर्गीकरणका कारण खरिदविक्रिदेखि सम्पूर्ण कारोबार नै ठप्प रहेको अवस्थामा कमला नगरपालिकाले जग्गा वर्गीकरण सम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेसंगै स्थानीयवासीलाई सहज हुने भएको छ । […]

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जनकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको पाइएको छ । बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो । मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् । नगरका नागरिकहरु बाध्य भएर चर्को शुल्क तिरेर अन्य पालिकाको […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम ।मेलामा आफूहरुले भनेको आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्ठमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ । धनुषाको कमला नगरपालिका-१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्ठमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो । शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका केही युवाहरुले बीच बाटोमा रोकेर […]

न्यूजमधेश डेस्क कमला,६ असोज ।पुर्वी धनुषाको कमला नगरपालिकामा भोलि ( शुक्रबार )बाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि विवरण संकलन हुने भएको छ। कुन दिन कुन वडाको तलदिएको सूचना हेर्नुहोला ।

मनोज मोरबैता जनकपुरधाम,१० असार। पूर्वी धनुषाको कमला नगरपालिकाको छैठौं नगरसभा सफलतापुर्वक सम्पन्न भएको छ। शुक्रबार भएको छैठौं नगरसभाबाट नगरपालिकाको अगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५७ करोड बढी बजेट ल्याएको अनुमान गरिएको छ।शिक्षा ,स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता राखी भौतिक पुर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दा को रुपमा अगाडी बढाएको छ। नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवको अध्यक्षतामा भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ जेष्ठ । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ मध्ये ७ वटा पालिका उच्च जोखिम छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा छन् । अन्य पालिका मध्ययन र न्यून जोखिममा रहेकाे समितिले जनाएकाे […]

मनोज मोरबैता जनकपुरधाम,१२ जेष्ठ ।धनुषाको कमला नगरपालिकाका नवनिर्वाचित मेयर विशेश्वर यादवले नगरबासीको स्वास्थ्य समस्याको निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेको छ। मेयर यादवले पदभार ग्रहण गर्दै कमला नगरपालिकाबासीको स्वास्थ्य समस्याको निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेका हुन। मेयर विशेश्वर यादव र उपमेयर शिला देवी मण्डलले पदभार ग्रहण गरेकी छिन् ।मेयर यादवले […]