२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

कमला नदीको पुल भाँचिएको एक वर्ष पूरा भएपनी अझै सुरु भएन काम

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार। मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल भाँचिएको एक वर्ष पूरा भइसक्दा पनि काम सुरु भएको छैन । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि यहाँका स्थानीयहरु कम समयमा पुग्‍नु पर्ने ठाउँमा पनि धेरै समय लगाएर जानु पर्ने बाध्‍यता रहेको बताएका छन् […]

न्यूजमधेश डेस्क लहान,१७ असार । सिरहाको औरही गाउपालिका‌ले अस्पतालमा चर्को स्वरमा डिजे बजाएर गाउँसभा गर्न लागेको छ । गाउपालिका अध्यक्ष शिवजी यादवकै निर्देशनमा अस्पतालमा गाउसभा हुन लागेको हो । अस्पताल शान्ति क्षेत्र हो । अस्पताल क्षेत्रमा ठुलो स्वरमा डिजे बजाउन पाइदैन् । तर अध्यक्ष शिवजी यादवले विरामीलाई समस्यामा पर्नेगरी डिजेको तामझाममा गाउसभा गर्न लागेका हुन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ असार।धनुषाको एक विद्यालयमा अभिभावक भेला गराएका प्रधानाध्यापकमाथि गैर अभिभावकको एक समुहले दुव्र्यवहार गर्दै कालोमोसो गरेपछि अहिले उनी न्यायका लागि अघि बढेका छन् । धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्रीराम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार महरालाई गैर अभिभावकको एक समूहले कालोमोसो गरी दुव्र्यवहार समेत गरेका थिए । उनले जिल्ला प्रशासन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार । मतदाता सूचीमा महिला, दलित र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न माग गरिएको छ । दलित सरोकार मञ्च नेपाल सप्तरी र राष्ट्रिय दलित पत्रकार संघ धनुषाले मंगलबार जनकपुरधाममा सरोकारबालासँग अन्तरकृया कार्यक्रमको आयोजना गरी उक्त माग गरिएको छ । कार्यक्रममा मधेस प्रदेशमा दलित वर्गलाई निर्वाचनमा सहभागि गराउन तथा मतदाता नामावली संकलन गर्न […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार । जनकपुरधामबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोक बस्ने ३७ वर्षीय मनिष अधिकारीलाईपेस्तोल र गोलीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोमबार राति मनिषको घरको छतमाथि गोली चलेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी घरको खानतलासी गर्दा किचन […]

न्यूजमधेश डेस्क सप्तरी,१४ असार । अहिलेको शिक्षालाई प्रविधि संग नजोडे सिकाउने प्रक्रियामा नवीनतम आयामहरु थपिन नसकिने बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताएका छन्। प्रविधिको प्रयोगले आजको विधार्थीले भोलि गएर आफ्नो अस्तित्व स्थापित गर्न र युगानुकूल ज्ञानको संसारमा छुट्टै पहिचान बनाउन सक्ने अध्यक्ष यादवले जिकिर गरे । बलान बिहुल- ६ सेहरा- रौतहटमा अवस्थित जा.गा.ज.मा.वि ले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार।माध्यमिक विद्यालय बरमझियाका प्रधानाध्यापकले राजीनामा गरि सकेकी शिक्षिकालाई पुन विद्यालयमा हाजिरी गराएको भन्दै स्थानीयबासीहरुले आज बिद्यालयमा तालाबन्दी गरेका छन् । प्रअ राजदेव यादव आर्थिक प्रलोभनमा परि स्वच्छीक राजीनामा दिएका शिक्षिका रेखा यादवलाई पुन हाजिरी गराइ कामकाजमा लगाएको विरुद्धमा स्थानीय बासी आन्दोलित भएको हो । स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा उमेदबार बनेकी रेखा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ असार। धनुषाको ईनर्वामा सशस्त्र प्रहरी विओपीको नयाँ भवन निर्माण भएको छ । निर्माण भएको नयाँ भवनको मंगलबार उद्घाटन गरिएको छ । मधेश प्रदेशका सशस्त्र प्रहरी डिआईजी गणेश ठाडा मगर र जनकनन्दनी गाउँपालिका अध्यक्ष दिपिन देव यादवले मंगलबार संयुक्त रुपमा सशस्त्र प्रहरीको नयाँ भवनको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै डिआईजी मगरले […]