न्यूजमधेश डेस्क जनकपुराधाम ,३० जेठ।प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराउनुभयो । यस […]
मनोज बनैता/रासिन्द्र यादव सिरहा, ३० जेठ । सप्तरी बलानबिहुल गाउँपालिमा लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माण हुने भएको छ । मौवाहास्थित २५० वर्ष पुरानो लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माण प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हुने जानकारी प्राप्त भएको छ । उक्त योजनाका रोजगार संयोजक निरज कुमार झा का अनुसार जिर्णोदारको निमित्त समिति गठन गरिएको छ । उक्त समितिमा निधि झा अध्यक्ष, […]
कैलाश दास जनकपुरधाम,३० जेठ। शम्भु सादाको हत्यारामाथि कारवाहीको माँग गर्दै धनुषाको सबैला नगरपालिमा दलित समुदायहरुले विशाल विरोध आमसभा गरेका छन् । आमसभालाई प्रहरीले बल प्रयोग गरी तितरवितर गर्न खोजेका थिए । तर त्यसका वावजूद पनि हजारौंकोे संख्यामा स्थानीयहरुले सबैला बजारमा विरोध प्रदर्शन गर्दै विरोधसभा गरेका छन् ।विरोधमा सहभागी वक्ताहरुले मृतक शम्भु सदाको हत्यारामाथि कारवाही नभएमा […]
बिरेन्द्र यादव (बिरु) सिरहा, ३० जेठ । बिकास योजनाहरुमा पारदर्शिता नगरि मनमानी ढंगले काम भईरहेको भन्दै सिरहाको धनगढीमाई नगरपालिका – ५ का स्थानिय समाजसेवी तथा नेताकार्यकर्ताले पत्रकार सम्मेलन गरेका छन । आ.ब. २०७५/०७६ र ०७६/०७७ मा संचालित केहि योजनाहरुमा खर्च सार्वजनिक नगरी आफुखुसी काम सम्पन्न गरेको भन्दै स्थानिय राम उमेश यादब, जसपाका जिल्ला सदस्य […]
श्रवण देव जनकपुरधाम ,२९ जेठ। हाम्रो मुलुकमा सबैभन्दा बढी पिछडिएकामध्ये एक हो, मुसहर समुदाय । खासगरी तराई क्षेत्रमा बसोबास गर्ने अधिकांस यो समुदायका बासिन्दाको आफ्नो जग्गा छँदैछैन । ऐलानी जग्गामा घर बनाएर बसोबास गर्ने अनि मजदुरी गरेर जीविका चलाउने समुदाय । यही समुदायका एक युवक थिए धनु्षाको सबैला नगरपालिका १२ बरकुवाका शम्भु सदा । कम […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ जेठ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित निको भएका छन् । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित विपि मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आईसोलेसन कक्षमा उपचाररत रहेका ३० जना कोरोना संक्रमितहरु मंगलबार निको भएर घर फर्केका छन् । उनीहरुको लगातार दोस्रो स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयले […]
सिबेन्द्र रोहिता सबैला,२८ जेठ।धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवाले आत्महत्या गरेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ । सवारी ज्यान मुद्दामा पक्राउ परेका नगरपालिका -१२ बरकुरवाका २२ वर्षीय शम्भु सदाले प्रहरी हिरासत भित्रै पासो लगाएर आत्महत्या गरेका छन् । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ जेठ । धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो । प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहको अनुसार घटना सबैला नगरपालिका–७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर […]