१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

मृत्युको मुखबाट एक युवकलाई बचाए साह र कुसियैत

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२७ चैत्र ।रक्तअल्पता रोगका कारण जीवन मरणको दोसाँधमा रहेका एक युवकलाई दुई युवकले रक्तदान गरी ज्यान बचाएका छन् । मुलुक लक डाउनमा रहेको बेला रगतको समेत अभाव भएको अवस्थामा यी दुई युवकले सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाका जितेन्द्र यादवलाई रक्तदान गरेर जीवन बचाएका हुन् । यादव मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएपनि […]

न्यूजमधेश सम्बादाता सिरहा,२६ चैत्र । मधेश ईन्जिनियर्स एसोसिएसनको सिरहा जिल्ला कार्यसमिति मंगलबार गठन भएको छ ! विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको जोखिमबाट जोगिनकोलागि नेपाल सरकारले लगाएको लक डाउनलाइ मध्यनजर राख्दै मंगरबार अनलाईन भिडियो कन्फ्रेन्सबाट समिति गठडन गरिएको हो । ईन्जिनियर तेजनारायण यादवको नेतृत्वमा ४६ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा जिल्ला कार्यसमिति गठन गरिएको एसोसिएसनका केन्द्रिय […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,२५ चैत्र।ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी सवारीसाधन जाँच गर्ने […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,२५ चैत्र। सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज विपत्मा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई कूटनीतिक पहल गरी आवश्यक व्यवस्था गर्न आदेश दिएको हो । “नेपाल आउन इच्छुक […]

मनोज कु मोरबैता जनकपुरधाम ,२५ चैत्र। धनुषाको कमला नगरपालिकामा मंगलबार बिहान आगलागी हुँदा रु एक लाख बराबरको क्षति भएको छ । कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी जुगुतलाल कुसियैतको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा भएको आगलागीले उनको दुई वटा घर जलेर नष्ट भएको छ । आगलागीले घरभित्र रहेको खाद्यान्न, लत्ता कपडासहित […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२५ चैत्र ।मारवाडी सेवा समिति जनकपुृरधामले सोमवार धनुषा जिल्लाको कमला नगरपालिकाको माची र जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १८ मा राहत सामग्री बितरण गरेको छ । समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार माचीमा ७५ बिपन्न परिवारलाई चामल, दाल, तेल, आलु, सोयाबिन, चाउचाउ, साबुन लगायतका समानहरु उपलब्ध गराइएकोछ । त्यसैगरि समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर […]

न्यूजमधेश सम्बादाता सप्तरी ,२५ चैत्र । लकडाउनको तेस्रो हप्ता शुरु भइसकेको छ । यहीं समयमा कृषकले लगाएको गहुँ बाली भित्र्याउने बेला पनि हो । किनभने गहुँबाली पाकिसकेको छ । कृषिको हब मानिने प्रदेश २ का कृषक गहुँ कसरी भित्र्याउने भन्ने चिन्तामा डुबिरहँदा संघीय सरकारले सतर्कता अपनाउँदै बाली भित्र्याउन भनिसकेको छ । प्रदेश २ का भूमी, […]

न्यूजमधेश सम्बादाता रौतहट ,२४ चैत्र। गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो । गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो । सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह […]