२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

सिरहामा : ५ हजार घुससहित प्रहरी जवान पक्राउ

राजेन्द्र महतो लहान,८ माघ।सिरहा जिल्लाको सुखिपुर नगरपालिका दहिपौडीबाट अख्तियार टोलीले एक प्रहरी जवानलाई ५ हजार घुस सहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय सुखिपुरमा कार्यरत रहेको प्रहरी जवान राजकुमार यादब ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। पक्राउ परेका जवान भारतबाट समान ल्याउन सेटिङ्ग मिलाई दिन्छु भन्दै व्यपारीबाट रकम असुलदै गरेको अवस्थामा यादबलाई पक्राउ गरेको […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ माघ। प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग आग्रह गरेका छन्। ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका छात्रालाई व्याग र स्यानेटरी प्याड वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले २० वर्ष मुनिका छोरीलाई विहे गरी मृत्युको मुखमा नपुर्‍याउन आग्रह गरेका […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु, ७ माघ। मधेश भ्रमण भए मात्र भिजिट नेपाल २०२० सफल हुने भिजिट मधेश अभियानकर्ताहरुले जाेड दिएका छन । तराईका २२ जिल्ला मध्ये १२ जिल्लामा भिजिट मधेश २०२० काे उदघाेष गर्दै १३ अाैं जिल्ला कपिलवस्तुका पर्यटकिय स्थलहरुकाे प्रचारप्रसार तथा प्रवर्द्धन गर्न हामी अाफै लाग्नु पर्ने भिजिट मधेश संस्थाका राष्ट्रिय संयाेजक अाेम प्रकाश सर्राफकाे […]

न्यूजमधेश सम्बादाता विराटनगर,७ माघ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताएकाछन् । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै सो कुरा बताएका हुन् । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र […]

सोलिन्द्र चौधरी काठमाण्डु,७ माघ।संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको […]

सोलिन्द्र चौधरी जनकपुरधाम,७ माघ।हिजोआज धेरैजसो बालबालिकाको खाने बानीमा विकृति आएको पाइन्छ । बोली फुट्न नपाउँदै चाउचाउ र चकलेटका लागि झगडा गर्ने बालबालिकालाई घरमा पाकेको दाल, भात र तरकारी खुवाउन ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । एकजना परिचित व्यक्तिको घरमा जाँदा त्यहाँ कोही ताली पिटिरहेका थिए, कोही गिलासमा चम्चा ठोक्दै थरीथरीका आवाज निकालिरहेका थिए भने कोही ‘ऊ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७माघ।तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ?उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ? यदि छैन भने उनीहरुका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने बानी बसाल्नुहोस् । मनोविद्का अनुसार पाँच वर्षसम्म बालबालिकालाई आमाबुबाको न्यानो माया र साथ चाहिन्छ । तीन वर्षका बालबालिका जुनसुकै काम गर्न पनि अघि सर्छन् […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ माघ।धनुषामा एक किशोरीमाथि बलात्कार गर्नेलाई बचाउन नगर प्रमुखदेखि प्रहरी अधिकारीसम्म लागेको खुलेको छ। शहिदनगर नगरपालिका- ९ विर्ताकी एक १५ वर्षीया दलित किशोरी दिशा गर्न घरदेखि करिब डेढ किलोमिटर टाढा चोरामा पुगेकी थिइन्। त्यही बेला शहिदनगर नगरपालिका(२ चोरा कोइलपुरका अकलम नदाफले समातेर प्रेम प्रस्ताव राखे। किशोरीले अस्वीकार गरिन्। त्यसपछि नदाफले जबरजस्ती करणीको प्रयास […]