राजेन्द्र महतो नवराजपुर,५ माघ।१३औं बलिदानीको अवसरमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका सोनबरसामा शहिद परिवारलाई सम्मान गरेको छ। सिरहाको सोनबरसामा आयोजित बलिदानी सभामा डा.राउतले प्रथम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोका पिता र सहिद प्रमोद सदायको पितालाई सम्मान गरेका हुन्। उक्त आयोजित बलिदानी सभामा शहिद परिवारका सदस्यहरुले राजपा र समाजवादी पार्टीप्रति […]
राजेन्द्र महतो लहान,५ माघ।१३औं बलिदानीको अवसरमा मधेशवादी दलले आज माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाइदै छन्। बलिदानीको अवसरमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादब सहितका नेताहरुले सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको शालिक मा माल्यार्पण गरेका […]
न्युजमधेश समाचारदाता जनकपुरधाम,५ माघ। महिलाहरुका लागि व्यक्तित्व विकासमा सहयोग पुरयाउन आयोजना गरिएको एक महिने मिथिला चित्रकाला तालिम सम्पन्न भएको छ । जनकपुर आर्ट एण्ड क्राफ्ट र नेपाल दलित महिला उत्थान संघको संयुत्त आयोजना र ब्रीज वाटर स्टेट यूनिभरसिटीका प्रोफेसर डाईना फ्कसको सहयोगमा संचालित तालिम पुस ३ गते देखि सुरु भएको तालिम आज सम्पन्न भएको हो। […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ माघ। जनकपुरधामबाट दुई जना पेस्तोलसहित पक्राउ परेका छन्।शनिबार जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयाका ४० वर्षीय जितेन्द्र कुमार यादब र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा छन् । उनीहरु सवार बा. १४ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ माघ।युवा व्यवसायी महाबीर सुल्तानियाको शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।५१ वर्षिय सुल्तानियाको भारतको राजधानी नयाँदिल्लीमा उपचारको क्रममा मृत्यु भएको हो । उनी गत आइतवारदेखि बिरामी भएका थिए ।उपचारका लागि काठमाण्डुको ओम नर्सिग होममा भर्ना भएका सुल्तानियाको रोग पत्ता लाग्न नसकेपछि दिल्ली रेफर गरिएको थियो ।एयर एम्बुलेन्सबाट दिल्ली पुगेका सुल्तानियाको निधन […]
न्यूजमधेश सम्बादाता लहान,५ माघ।२०६३ को पहिलो मधेश आन्दालेनले धेरै मधेसी नेता जन्माए ।कतिलाई सत्ताको माथिल्लो तहसम्म पुर्याए । मधेस आन्दोलनका प्रथम सहिद रमेश कुमार महतोको परिवारको पीडामा कसैले मलम लगाएनन् । पहिलो मधेस आन्दोलन र प्रथम सहिद रमेश महतोको पर्यायबाची भएपनि उनको परिवारले छोराले पालेको सपनाको अनुभुति गर्न सकेको छैन । माघ ५ गते आइतबार […]
न्यूजमधेश सम्बादाता लहान, ५ माघ।मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको बलिदानी दिवस डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुरमा मनाउने भएको छ । नवराजपुर गाउँमा शहिद महतो परिवारको घर पर्छ । २०६३ माघ ५ गते आजकै दिन लहानमा मधेस आन्दोलनका क्रममा महतो शहिद भएका थिए । आन्दोलनकारीले तत्कालिन माओवादीको गाडी रोकेपछि चलाएको गोली लागेर […]
मनोज मोरबैता सुनसरी , ४ माघ।जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले मधेसको अधिकारका लागि जस्तोसुकै संर्धष गर्न तयार रहेको कुरामा जोड दिएका छन् । सुनसरीको इनरुवामा आयोजना गरिएको आमसभालाई शनिवार सम्बोधन गर्दै डा राउतले मधेसीहरुको बलिदानीबाट आएका उपलब्धीलाई संस्थागत गर्नुको सटा मधेसीहरुले मधेसी जनतालाई बेची रहेको आरोप लगाए । मधेसको मुक्ति कसरी हुन्छ भनेर […]