२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

शैक्षिक संस्थाहरुले मनपरी शुल्क लिएको भन्दै ,फिर्ता गर्न विद्यार्थी संगठनको माग

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ माघ।प्राविधिक शिक्षामा सिटिईभिटि आबद्ध शैक्षिक संस्थाले मनपरी शुल्क लिएको भन्दै शुल्क फिर्ता गर्न विद्यार्थी संगठनले माग गरेको छ । सोमबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलललाई ज्ञापनपत्र बुझाउँदै नेपाली काँग्रेस निकट विद्यार्थी संगठनले शुल्क फिर्ता गर्न माग गरेका छन् । प्रदेश २ अन्तरगतका सिटिईभिटि सम्बन्धि सकै शैक्षिक संस्थाले अभिभावकको डाढ सेक्ने गरी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७माघ।जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा सुधारको माग गर्दै सुधार संघर्ष समितिले तालाबन्दी गरेका छन् ।कानुन विपरीत मेडिकल निर्देशकले अस्पताल सञ्चालन गरेको भन्दै संघर्ष समितिले सोमबार तलाबन्दी गरेका छन् । संघर्ष समितिका अध्यक्ष श्याम सुन्दर झा अनुसार नेतृत्वमा पुगेका पदाधिकारीहरुले मनोमानी अस्पताल चलाएको आरोप लगाएका छन् । अस्पतालको विधान अनुसार मेडिकल निर्देशक नियुक्त हुनुपर्ने, आपत्तकालिन […]

राेशन जनकपुरी जनकपुरधाम,६माघ।जनतालाई एजेन्डामा भुलाउँदै यसैलाई भर्‍याङ बनाएर सत्ताभोग गरिराख्नु मधेस राजनीतिको निष्कर्ष बनेको छ। ०६३ सालमा अन्तरिम संविधानमा संघीयता शब्द उल्लेख नभएको भनेर मधेसकेन्द्रित दलले अन्तरिम संविधानको प्रति जलाएर आन्दोलन सुरुवात गरेका थिए । पारम्परिक राजतन्त्रात्मक संकीर्ण राष्ट्रवादी शासनव्यवस्थाबाट मुक्ति र स्वशासनको स्वप्न अन्तरिम संविधानमा पनि अधुरो देखेपछि यसको व्यापक प्रभाव निश्चित नै थियो । यसका […]

न्यूजमधेश सम्बादाता राजविराज,६माघ।विभिन्न पार्टी परित्याग गरि राजविराजमा आयोजित एक कार्यक्रम बिच डेढ दर्जन भन्दा बढी राजनितिकर्मीहरुले डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ । राजविराजको दासधर्मशालाको सभाहलमा जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान) को अध्यक्षतामा सोमबार आयोजना गरिएको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,६माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले डेट एक्सपाइर मधेसी नेताको पछाडी नलाग्न मधेसी जनतालाई आग्रह गरेका छन् । सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा चोकमा मधेस आन्दोलनको प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनमत पार्टीद्धारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले मधेसी नेताहरु गद्दा बनेको बताए । उनले मधेसी नेता स्वार्थमा […]

न्यूजमधेश सम्वादाता रौतहट,६ माघ।रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर ९ डुमरीयामा अवस्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रीजको क्रसिङ्ग सिजन २०७६÷०७७ शुरु भए देखि नै उँखु किसनाको भक्तानी प्रत्येक १५ दिनमा किसानको बैंक खातामा नै पठाई दिएकाले उँखु किसान हर्षित भएका छन् । रौतहटको डुमरियामा निजी लगानीमा संचालनमा आएको बाबा बैजुनाथ सुगर मिल्सले उखु किसानको […]

न्यूजमधेश सम्वादाता बीरगंज,६ माघ।प्रदेश २ सरकारले यस पटकको बलिदानी दिवस बीरगंजमा आयोजना गरेको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि मधेश आन्दोलन शुरु भएको सम्झनामा प्रदेश सरकारले पछिल्लो बर्षदेखि बलिदानी दिवस मनाउन शुरु गरेको हो । प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रीत दलहरुले यो दिवस मनाउँदै आएका थिए । प्रदेश […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,६ माघ।अवैद्य खोला उत्खनन्को बिरोध गर्दा मारिएका धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलिप महतोको स्मरण गर्दै आईतबार मिथिला नगरपालिकाको ढल्केबरमा कवी गोष्ठीको आयोजना गरिएको छ । कार्यक्रममा कवीहरुले आफ्नो साहित्यिक रचना मार्फत् हत्याको बिरोध, हत्यारालाई कार्वाही र दिलिपलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने बताएका छन् । पिछ्डा वर्ग समाज (ओबिसी) ले ‘यूवा अभियन्ताको जीन्दगानी […]