२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

स्थानीय

बुहारी कुट्ने ससुरा प्रहरी फन्दामा

बर्दिया । प्रहरीले बुहारी कुट्ने ससुरा नियन्त्रणमा लिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका-११ जयनगरकी २४ वर्षीया प्रमिला थारुलाई अमानवीय शैलीमा कुटपिट गर्ने ५३ वर्षीय भरथरी चौधरीलाई नियन्त्रणमा लिएको हो । भरथरीले प्रमिलालाई अमानवीय शैलीमा कुटपिट गरेका थिए । उनको कुटाई टिकटकमा भाइरल नै भयो । भाइरल भिडियोका आधारमा प्रहरीले बुहारी कुट्ने ससुरालाई खोजी गर्दै नियन्त्रणमा […]

काठमाडौँ,३१ साउन । नेपालका १५ मेयर र ८ उपमेयर भारतमा पढ्दै छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहित १५ जना मेयर र ८ उपमेयर ढल व्यवस्थापनबारे भारतमा पढिरहेका हुन् । नेपाल नगरपालिका सङ्घको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्क) ले उनीहरूलाई पढाइरहेको छ । दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक […]

जनकपुरधाम,२८ साउन।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जनियर रमेशकुमार चौधरीलाई घुससहित पक्राउ परेका छ्न । अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले इन्जिनियर चौधरीलाई वाल निर्माण कार्य सम्पन्न भएपछिको भुक्तानी दिने क्रममा सेवा ग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो। उनलाई नगद एक लाख घुस लिइसकेको अवस्थामा उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको […]

काठमाडौं,२८ साउन। काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरूको सङ्ख्या बढेको छ । न्यायिक समितिमा पसलहरू बन्द गराइदिन, सटर खालि गराइदिन, कोठा खालि गराइदिन लगायतका उजुरी धेरै पर्ने गरेको बताइएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरूको सङ्ख्या बढेको बताइन् । उनले न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा ८ वटा […]

जनकपुरधाम,२४ साउन । धनुषामा मंगलबार नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो। स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो। मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा […]

महोत्तरी,२४ साउन। महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनमा–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका […]

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनमत पार्टीको पक्षमा व्यापक जनलहर देखिएको छ । जनमत पार्टी पर्यवेक्षक डा. प्रसन्न झाको प्रमुख आतिथ्यतामा जनकपुरधाम उपमहानगर – १५ रामपुरमा शनिबार वडा तदर्थ समिति गठन भएको छ । सो कार्यक्रममा व्यापक जनसभागिता रहेको झाले जनाए । सन्तोष चौधरीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको छ। उक्त समारोहमा सयौंको […]

काठमाडौँ,१५ असार । देशभरका ७५३ मध्ये करिब १४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। जनताको सबभन्दा नजिकको सरकार भनिने स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्। प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन्। बजेट निर्माण र कार्यान्वयनमा प्रमुख […]