२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

स्थानीय

रौतहटमा डेंगुका बिरामी बढे

चन्द्रनिगाहपुर । रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ। स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्। चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए। […]

राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका सञ्चालन गर्दै आएका छन् । सप्तरीको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग […]

जनकपुरधाम ।धनुषाको जनकन्दिनी गाउँपालिकाले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम संचालन गरेको छ। जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबि भूषण मण्डलले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम नियमित रुपमा चल्दै आइरहेको उनले बताए। स्वास्थ्य शाखा प्रमुख मण्डलका अनुसार बच्चा जन्मिएको दिनदेखी डेढ महिनासम्म सुत्केरी महिला […]

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव घुससम्बन्धी घटनामा अख्तियारको नियन्त्रणमा परेपछि निलम्बित भएका छन् । घुससम्बन्धी प्रकरणमा अध्यक्ष यादवलाई आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् । अख्तियारले उनलाई भदौ ६ गते नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष […]

पर्सा । सडकमा फोहर फ्याँक्ने वडाध्यक्षलाई वीरगन्ज महानगरपालिकाले जरिवाना तिराएको छ । जथाभावी फोहर फ्याँकेको भन्दै महानगरपालिकाको सरसफाइ शाखाले वीरगन्ज-६ का वडाध्यक्ष जयप्रकाश साहलाई २ हजार रुपैयाँ जरिवाना तिराएको हो। सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले वडाध्यक्षले घरअगाडि कच्डा फोहोर फ्याँकेका कारण जरिवाना तिराएको बताए । यता, वडाध्यक्ष साहले भने आफूसँग राजनीतिक प्रतिशोध साँधिएको आराेप लगाएका […]

राजविराज । सप्तरीको दुई पालिकामा नयाँ हाकिम आउने भएका छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका र बिष्णुपुर गाउँपालिकामा नयाँ हाकिम आउने भएका हुन् । तिलाठी कोइलाडी गाउँपालिकामा राजकिशोर साह र बिष्णुपुर गाउँपालिकामा प्रतिक्षा रेग्मी । दुबै शाखा अधिकृत हुन् । यी दुबै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहबाट यहाँ आउन लागेका छन् […]

कमलामाई । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्छन्। यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ […]

जनकपुरधाम । धनुषाका कमला नगरपालिकासहित पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन्। बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले अझैं बजेट ल्याउन सकेका छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट गाउँसभा/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । […]