बाँके ,३० असार।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ताहरुले बागेश्वरी मन्दिरको सरसफाइ गरेका छ्न। शनिबार विहान जनमत पार्टी नेपालगन्जका नगर कार्यसमितिको आयोजनामा बागेश्वरी मन्दिरको सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। बाँके जिल्लाकै प्रसिद्ध मानिने बागेश्वरी मन्दिर रहेको छ।सो मन्दिरको सरसफाइ कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति भएको छ।
जनकपुरधाम,३० असार। मधेस प्रदेशमा समायोजन भई आएका निजामती कर्मचारीसम्बन्धी सम्पूर्ण कार्य प्रदेशबाटै हुने भएको छ । प्रदेशका निजामती कर्मचारीहरूको अध्यावधिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने गरी प्रदेश निजामती किताब खानाको स्थापना गरिएको छ । राष्ट्रिय किताब खानाले कर्मचारीहरूको आध्यावधिक गर्दै आएकोमा अव मधेस प्रदेशमा आएका कर्मचारीहरूको सम्पूर्ण विवरण रहेको पीआईएस पोर्टलको संचालनका लागि […]
बारा,३० असार ।मधेश प्रदेशका बारा जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र कलैयाकाअनुसार जिल्लाको दक्षिण भेगको तुलनामा उत्तरतर्फ रोपाइँ बढी भएको छ । यसपटक लगातारको खडेरीका कारण किसानले समयमै बीउ राख्न नपाएको, ढिलो गरी राखेको बीउ तयार हुन समय लागेको र पानी पनि कम परेको किसानहरूको गुनासो छ । कृषि […]
लोकेन्द्र प्रसाद यादव बोदे बर्साईन,३० असार। सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्नै सात कोठे नव -निर्मित प्रशासनिक भवनको शुक्रबार गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव र उपाध्यक्ष रेणु यादवले संयुतm रुपमा समुद्घाटन गरेको हो । साविक मलहनियाँ गाउँ विकासको कार्यालयको सांघ्रो ठाउँबाट सेवा प्रदान गर्दै आएका गाउँपालिकामा सेवा लिने सेवाग्रहीहरु ठाउँ अभावमा सास्ती खेप्दै आएको थियो । आफनै […]
जनकपुरधाम,२९ असार । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरीमा जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएपछि स्थानीयबासी खुसी भएका छ्न। विहिबार एक कार्यक्रमबीच जनकनन्दिनी जनस्वास्थ्य प्रयोगशालालाई गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले सँयुक्त रुपमा उदघाटन गरेको गरेका हुन।जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले स्थानीय तहसंग प्रदेश सरकारको स्वास्थ्य समन्वय कार्यक्रम अन्तर्गत जनकनन्दिनी गाउँपालिकाको खजुरीमा प्रयोगशाला सँचालनमा आएको […]
काठमाडौं,२९ असार । सरकारले लामो समयदेखिका बाँकी बिलको भुक्तानी नदिएपछि निर्माण व्यवसायीहरुले धर्ना दिएका छन् । असार मसान्त आइसक्दा पनि सरकारले लामो समयदेखिको बाँकी बिलको रकम भुक्तानी नगरेको भन्दै शुक्रबार बिहान नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा माइतीघर मण्डलमा धर्ना दिएका हुन् । निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी दिन नसक्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्काल राजीनामा […]
रौतहट,२९ असार। रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर बजारबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान लागूऔषध गाँजासहित सर्लाही गडैता नगरपालिका–३ का ८ वर्षीय किसन ठाकुर र रौतहटको बृन्दावन नगरपालिका–९ का ३८ वर्षीय हरिन्द्र साहलाई पक्राउ गरेको हो । उनीहरुलाई १३ वटा प्लास्टिकको पुरियामा लागूऔषध गाँजा बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी […]
सुनसरी,२९ असार । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलबाट ट्रक नदीमा खसेको छ। कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट […]