२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप्ने तयारी

न्यूजमधेश डेस्क काठमाडौं ,२ कार्तिक । बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ। थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ। पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। जिल्ला प्रहरी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ कार्तिक । जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा क्षेत्र नं.३ का प्रतिनिधि सभा पदको उम्मेदवार ई.शम्भुनाथ साहले मधेशलाई शिक्षाको हब बनाउने बताउनुभएको छ। उम्मेदवार ई.साहले न्यूजमधेशसंग कुरा गर्दै उनले मधेशलाई शिक्षाको हबको रुपमा बिकास गर्ने बताउनुभएको हो। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ई.साहले भने, ‘मधेश प्रदेशको साक्षरता […]

न्यूजमधेश डेस्क सप्तरी ,१ कार्तिक ।नेकपा माओवादी केन्द्र निकट वाइसिएलका केन्द्रीय सदस्य मुकेश यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ घर भएका यादव मंगलबार यो पार्टीमा प्रवेश गरेका हुन् । उनीसहित महादेवाका संजय यादव, सकरपुरा निवासी ओम मुखिया लगायतका व्यक्ति पनि जनमत पार्टी प्रवेश गरेको पार्टीका नेता सतिश सिंहले जानकारी […]

प्रभात सिंह सप्तरी ,१ कार्तिक ।सप्तरीको निर्वाचन क्षेत्र नम्बर– २ मा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । यादव र राउतले सप्तरीको एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । जसपा यादव यसअघि सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३० असोज।अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनका लागि जकपुरधाममा जनमत पार्टीका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छ्न। राजनीतिक दल र स्वतन्त्ररुपमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित नेताकार्यकर्ताहरु लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । धनुषा निर्वाचन क्षेत्र नं.३ मा जनमत […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३० असोज।जनमत पार्टीले धनुषा क्षेत्र नं.१ को क्षेत्रीय पार्टी कार्यलय धनुषाधाममा संचालनमा ल्याएको छ। शनिबार धनुषाधाम नगरपालिकाको धनुषाधाममा जनमत पार्टी धनुषाले अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनको लागी क्षेत्रीय कार्यलय स्थापना गरिएको छ। जनमत पार्टीका नेता बीपी साहको अध्यक्षतामा एक समारोह बिच जनमत पार्टीकी केन्द्रिय सचीव अनिता साह,धनुषा […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २८ असोज । धनुषा निर्वाचन क्षेत्र नं.३ का जनतालाई सेवा गर्नको लागि ईन्जिनियर शम्भुनाथ साह र युवा चिकित्सक प्रसन्न कुमार झाको उम्मेदवारीले दर्ता गराएपछी क्षेत्रबासी खुशी भएका छ्न। प्रसिद्ध छाला तथा यौन एवम् सौन्दर्य विशेषज्ञ युवा डाक्टर प्रसन्न कुमार झाले धनुषाको ३ को “क” बाट उम्मेदवारी दर्ता गराएसँगै सो क्षेत्रका वासिन्दाहरु खुशी […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ असोज।निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ। आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो। उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको […]