न्यूजमधेश डेस्क काठमाडौं, १८ असोज । सिट बाँडफाँटको सकस व्यहोरिरहेको सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ। मंगलबारको बैठकलाई ‘निर्णायक बैठक’ भनिएको छ। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार मंगलबारको बैठकबाट सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी छ। सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो। तर, मंगलबार ठोस सहमति जुटाउने गठबन्धन आवद्ध दलहरूको तयारी छ। जसका […]
न्यूजमधेश डेस्क कमला,१८ असोज।मधेश प्रदेशको सिरहा जिल्लाबाट नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेको छ।नेपाली रुपैयाँ ३१ हजार बराबरको नक्कली नोटसहित प्रहरीले उनलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत सितामढी जिल्लाको भासर मछहा ग्रामपञ्चायत–८ भन्सार चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाह छन्। प्रहरीका अनुसार रेजाउल्लाहले गत शनिबार (असोज १५) गते दिउँसो सिरहाको नरहा गाउँपालिका–५ […]
न्यूजमधेश डेस्क काठमाडौं, १८ असोज। बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक र कर्मचारीको तलब रोकिएको छ । हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार शाहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताए । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रकृया पुरा गरेर तिहार अगाडि तलब […]
न्यूजमधेश डेस्क दमौली ,१८ असोज। पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनपर्ने अवस्था पनि छ । मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी […]
न्यूजमधेश डेस्क सप्तरी, १५ असोज । सप्तरीको बलान बिहुल गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा पालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।सो अवसरमा जेष्ठ नागरिकहरुलाई खादा अबिर लगाएर सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मजेलाल यादव, मुनिलाल यादव, निर्मल यादव, मुसहरु यादव, गुल्ट साह लगायतका रहेका छन् उक्त […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ असोज । जनकपुरधामको रामानन्द चोकस्थित नैनी अस्पतालमा डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुने जनकपुरधाम १२ की अन्दाजी ३५ वर्षीय विद्यादेवी मण्डल रहेकी छन् । सुत्केरी व्यथा लागेपछि उनी भदौ २३ गते अस्पताल भर्ना भएकी थिइन् । भदौ २४ गते नर्मल डेलेभरी पश्चात् उनले बच्चा जन्माइन् । तर रक्तस्राव […]
न्यूजमधेश डेस्क रौतहट,१४ असोज । रौतहटको वृन्दावन नगरपालिका वडा नं ३ ईडेन ग्राडेन विश्रामपुरमा नगरस्तरीय मेयर कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बिहिवारदेखि शुरु भएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा राजदेवी युवा क्लव हर्षाहाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नगर प्रमुख विनोद प्रसाद पटेलले बिहिवार उद्घाटन गरेका छन् । आयोजित एक कार्यक्रमका बीच मेयर पटेलले […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टीले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ । दुवैतिरका उम्मेदवारको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बस्न लागेको प्रवक्ता मनिस कुमार सुमनले जानकारी दिए । बैठकस्थल भने गोप्य राखिएको छ । जसपाको आजकै बैठकले मुख्य उम्मेदवारहरुको टुंगो लगाउने […]