न्यूजमधेश डेस्क जनकपुरधाम,१८ असार।धनुषाको शहिदनगर नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार शहिदनगर नगरपालिका ५ बिर्ता कट्टिस्थित रहेको बगेश्वरी मन्दिरको पोखरीमा डुबेर मृत्युु भएका हुन। मृत्यु हुने व्यक्तिको नाम र ठेगाना खुलेको छैन। मृत्यु हुने व्यक्तिको मानसिक संतुलन बिग्रेको रहेको स्थानीयले बताए।सो व्यक्त कहाँको छ भने अहिले खुलेको छैन। उक्त घटनाको मुचुल्का ईलाका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार। मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल भाँचिएको एक वर्ष पूरा भइसक्दा पनि काम सुरु भएको छैन । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि यहाँका स्थानीयहरु कम समयमा पुग्नु पर्ने ठाउँमा पनि धेरै समय लगाएर जानु पर्ने बाध्यता रहेको बताएका छन् […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ असार।धनुषाको एक विद्यालयमा अभिभावक भेला गराएका प्रधानाध्यापकमाथि गैर अभिभावकको एक समुहले दुव्र्यवहार गर्दै कालोमोसो गरेपछि अहिले उनी न्यायका लागि अघि बढेका छन् । धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्रीराम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार महरालाई गैर अभिभावकको एक समूहले कालोमोसो गरी दुव्र्यवहार समेत गरेका थिए । उनले जिल्ला प्रशासन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार । मतदाता सूचीमा महिला, दलित र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न माग गरिएको छ । दलित सरोकार मञ्च नेपाल सप्तरी र राष्ट्रिय दलित पत्रकार संघ धनुषाले मंगलबार जनकपुरधाममा सरोकारबालासँग अन्तरकृया कार्यक्रमको आयोजना गरी उक्त माग गरिएको छ । कार्यक्रममा मधेस प्रदेशमा दलित वर्गलाई निर्वाचनमा सहभागि गराउन तथा मतदाता नामावली संकलन गर्न […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार । जनकपुरधामबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोक बस्ने ३७ वर्षीय मनिष अधिकारीलाईपेस्तोल र गोलीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोमबार राति मनिषको घरको छतमाथि गोली चलेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी घरको खानतलासी गर्दा किचन […]
न्यूजमधेश डेस्क सप्तरी,१४ असार । अहिलेको शिक्षालाई प्रविधि संग नजोडे सिकाउने प्रक्रियामा नवीनतम आयामहरु थपिन नसकिने बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताएका छन्। प्रविधिको प्रयोगले आजको विधार्थीले भोलि गएर आफ्नो अस्तित्व स्थापित गर्न र युगानुकूल ज्ञानको संसारमा छुट्टै पहिचान बनाउन सक्ने अध्यक्ष यादवले जिकिर गरे । बलान बिहुल- ६ सेहरा- रौतहटमा अवस्थित जा.गा.ज.मा.वि ले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार।माध्यमिक विद्यालय बरमझियाका प्रधानाध्यापकले राजीनामा गरि सकेकी शिक्षिकालाई पुन विद्यालयमा हाजिरी गराएको भन्दै स्थानीयबासीहरुले आज बिद्यालयमा तालाबन्दी गरेका छन् । प्रअ राजदेव यादव आर्थिक प्रलोभनमा परि स्वच्छीक राजीनामा दिएका शिक्षिका रेखा यादवलाई पुन हाजिरी गराइ कामकाजमा लगाएको विरुद्धमा स्थानीय बासी आन्दोलित भएको हो । स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा उमेदबार बनेकी रेखा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ असार। धनुषाको ईनर्वामा सशस्त्र प्रहरी विओपीको नयाँ भवन निर्माण भएको छ । निर्माण भएको नयाँ भवनको मंगलबार उद्घाटन गरिएको छ । मधेश प्रदेशका सशस्त्र प्रहरी डिआईजी गणेश ठाडा मगर र जनकनन्दनी गाउँपालिका अध्यक्ष दिपिन देव यादवले मंगलबार संयुक्त रुपमा सशस्त्र प्रहरीको नयाँ भवनको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै डिआईजी मगरले […]