११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

समाचार

प्रदेश २ मा ८६६ जना स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरे

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ भाद्र । प्रदेश २ मा जम्मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् । प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा रोजेका हुन् । महोत्तरीमा सबैभन्दा धेरै २५८ स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरेका छन् । त्यसैगरी सर्लाहीमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ भाद्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोज बर्दिवासको टोलिले धनुषाबाट एक जना नायव सुब्बालाई घुससहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रसाशन कार्यलय धनुषाका नायब सुब्बा उमेश चौधरीलाई रहेको छ । नायब सुब्बा चौधरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्याम्पस चौकको एक होटलमा सेवाग्राहीसँग ८ हजार ५ सय रुपैया […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२२ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले क्यान्सर पिडीत अमृता शर्मालाई आर्थिक सहयोग गर्नुभएको छ। सोमबार डा राउतको समर्थकहरुको आरजिपि स्वराजी युवा ग्रुपको सहयोगमा क्यान्सर पिडीत अमृता शर्मालाई जनमत पार्टीका नेताहरुले ३१ हजार ६ सय ५५ रुपैया पीडित शर्माको घरमै पुगेर रकम हस्तान्तरण गरेको छ । पिडीत अमृता शर्मा अग्निसाईर कृष्णासवरण […]

न्यूजमधेश डेस्क राजविराज ,२२ भाद्र । एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः सुरु भएको छ । पीसीआर परीक्षण पुनः सुरु गरिएको अस्पतालका पीसीआर परियोजनाका प्रमुख प्रकाशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं. २ सरकारबाट अर्को पीसीआर मेसिन पठाएपछि यहाँ पुनः परीक्षण सुरु गरिएको छ । यसअघि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ भाद्र । उच्च अदालत जनकपुरले प्रदेश २ सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त गरेका पदाधिकारीलाई कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको छ । प्रतिष्ठानका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमाथि भएको सुनुवाइपछि अदालतले प्रतिष्ठानका तीनै जना पदाधिकारीलाई तत्काल कामकाज गर्न नदिन र सेवासुविधा नदिन अन्तरिम आदेश दिएको हो । प्रतिष्ठानको ऐन २०७७ को […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ भाद्र। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश र बजेटलगायत विषयमा छलफल हुने पार्टीका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ भाद्र । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदैछ । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर बनेको (लोकतान्त्रिक समाजवादी) पार्टी दर्ता भएपछि आयोगले आजसम्म दल रोज्ने मिति तोकेको थियो । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगेमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२२ भाद्र । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर जग्गा […]