१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

समाचार

नेपाली सेनालाई खोप हस्तान्तरण

न्यूजमधेश डेस्क काठमाडौं ,१७ चैत्र ।नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय स्थल सेनाध्यक्ष जनरल […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ चैत्र । नेपाल पत्रकार महासङ्घको आसन्न केन्द्रीय निर्वाचनका लागि प्रेस चौतारी नेपाललगायत नौ वटा पत्रकारका सङ्गठनले आज उम्मेदवार घोषणा गरेका छन् । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठनलगायत नौ सङ्गठनको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलको तर्फबाट आज यहाँ आयोजित कार्यक्रममा पत्रकार निर्मला शर्मा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ चैत्र । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ […]

न्यूजमधेश  डेस्क जनकपुरधाम ,१५ चैत्र । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा यहाँ सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला छन् । कार्यालयका प्रमुख चुडामणि लुइँटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र […]

कमलेश ठाकुर जनकपुरधाम ,१४ चैत्र । महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर(२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलाश झा र शम्भु झा रहेका छन् । कैलास र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ चैत्र । धनुषाको कमला नगरपालिकामा होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगरप्रमुख राम उदगार गोइतको अध्यक्षतामा भएका होलीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया रहेको थियो । प्रमुख अतिथि समेत रहेका सांसद अरगरियाले होलीको शुभकामना […]

न्यूजमधेश डेस्क जनकपुरधाम , १३ चैत्र  । धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक भवन निर्माण हुने भएको छ । धनुषा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभासदस्य उमाशंकर अरगरियाको सांसदीय कोषबाट यो भवन निर्माण हुने भएको हो । शुक्रबार प्रतिनिधि सभा सदस्य अरगरियाले एक कार्यक्रमका बिच जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहागोठमा सामुदायिक भवनको शिलान्यास गरेका छन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ चैत्र। प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजले वरिष्ठ पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीलाई सम्मान गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा वरिष्ठ पत्रकार नेपालीलाई प्रदेश प्रमुख डा।अहिराजले दोसल्ला ओढाएर सम्मान गरेका छन् । वरिष्ठ पत्रकार नेपाली करिब ६ दशकदेखि नेपालको पत्रकारिता क्षेत्रमा लागेका छन् । उनी १६ वर्षकै उमेरदेखि पत्रकारिता […]