न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेठ । आइसोलेशनमा रहेका प्रदेश २ का १ सय ५० जना कोरोना संक्रमितलाई इम्युनिटी पावर बढाउने सामग्री प्रदान गरिएको छ । अनुसन्धानमा आधारित भोर संस्थाले सर्लाही र रौतहटका १ सय ५० जना संक्रमितलाई ईम्यूनीटी बुस्टर र पोषण सप्लिमेन्ट सामग्री प्रदान गरेको छ । प्रति व्यक्ति च्यवनप्राश ५०० ग्राम, चनाको सतुः २ किलो, […]
कैलाश दास जनकपुरधाम, २१ जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा नवराज विकसहितका ६ जना युवकको हत्या प्रकरणलाई गम्भीरता पूर्वक लिंदै प्रदेश नं.२ का साँसदद्वय परमेश्वर साह र रामआशिष यादवले यो जातिय विभेद होइन, सामाजिक नरसंंहार हो ।न्यायका लागि हामी सबैले मिलेर लड्नु पर्ने बताएका छन् । राष्टिूय दलित पत्रकार संघ धनुषाको आयोजनामा मंगलवार […]
न्यूजमधेश सम्बादाता सर्लाही,२१ जेठ। सस्तोमा ग्यास चुल्हो र सिलिण्डर समेत दिने भन्दै सयौं सर्वसाधारणसँग रकम असुली गरी फरार भएकी सर्लाहीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका ३ बस्ने राजरानी कुमारी कुशवाहा छिन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रप्ुर ४ […]
मनोज मोरबैता जनकपुरधाम,२० जेठ । धनुषाको हंसपुर नगरपालिकास्थित एक क्वारेन्टिनमा कोरोना संक्रमित पाइएपछि खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी पनि आउन छाडेका छन् । वडा २ स्थित बगचौरा मावि क्वारेन्टिनमा बसेकामध्ये दुई जना पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खाना पकाउने व्यक्ति र स्वास्थ्यकर्मी समेत आउन छाडेका छन् । संक्रमितलाई […]
न्यूजमधेश सम्बादाता बुटबल ,२० जेठ । प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० जेठ। प्रदेश नं २ सरकारले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै उचित अवसर दिने तयारी गरेको छ । श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई […]
सिबेन्द्र रोहिता जनकपुरधाम ,२० जेठ । धनुषाको कमला नगरपालिकाका क्वारेन्टिनको अवस्था बेहाल बनेको छ । भारतबाट आएका व्यक्तिलाई कष्टपूर्ण अवस्थामा क्वारेन्टिनमा राखिएको छ । कोरोना संक्रमण फैलिन नदिन बाहिरबाट आउनेका लागि क्वारेन्टिन निर्माण गरिएको छ । तर क्वारेन्टिनमै कोचाकोच गरेर व्यक्तिलाई राखिएको छ । व्यक्तिको संख्या बढी भएपछि विद्यालयको कोठा मात्र होइन् बरण्डामै डनलप ओछ्याएर […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० जेठ। रामजानकी मन्दिरको पोखरीमा विष हाल्दा १० लाखको घाटा भएको छ । सिरहाको मिर्चेया नगरपालिका १२ सिक्रोन स्थित एक पोखरीमा पालिएको माछालाई बिष हालेर मारिएको छ । माछा मर्दा १० लाख रुपैयाँको घाटा लागेको माछा पालक कृषकले बताएका छन् । मिर्चेया १ २ सिक्रोंन स्थित रामजानकी मन्दिरको पोखरी ठेक्कामा लिई अरबिन्द सहनी, […]